रौतहटको ४ वटै क्षेत्रमा काङ्ग्रेसले टुंगो लगायो उम्मेदवार
रौतहट : नेपाली काङ्रेसले रौतहटको ४ वटै क्षेत्रका उम्मेदवारको नाम टुङ्गो लगाएको छ । काङ्रेसले क्षेत्र नम्बर १ मा अनिल कुमार झालाई उम्मेदवार बनाएको छ । झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेर काङ्ग्रेसमा आएका हुन् भने
रौतहट २ बाट डा। मो। फिरदोश आलमले टिकेट पाएका छ्न् । उनी काङ्ग्रेसका नेता स्वर्गीय अफ्ताब आलमका जेठा छोरा हुन् । त्यस्तै क्षेत्र नम्बर ३ मा पूर्व शिक्षक रामकृपाल यादवलाई टिकेट दिएको छ भने क्षेत्र नम्बर ४ मा काङ्रेस केन्द्रीय सदस्य तथा निवर्तमान सान्सद देवप्रसाद तिमल्सिनालाई टिकट दिएको छ ।
प्रतिक्रिया दिनुहोस !