पूर्वमन्त्री रामेश्वर राय यादवले सर्लाही -४ मा गरे उम्मेदवारी दर्ता
नेकपाबाट जसपा नेपाल प्रवेश
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पूर्वमन्त्री रामेश्वर राय यादवले उम्मेदवारी दर्ता गरेका छन्। मंगलबार सर्लाही क्षेत्र नम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनी मनोनयन दर्ता गरेका हुन्। सर्लाही–४ मा कांग्रेस सभापति गगन थापा पनि काठमाडौं–४ छोडेर उम्मेदवार बन्न पुगेका छन्।
आइतबार नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पार्टी त्याग गर्दै यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका थिए। नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका नेता यादव मधेसी जनअधिकार फोरम, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै माओवादी राजनीतिमा संलग्न थिए।
सर्लाही–३ बाट निर्वाचन लड्ने तयारी गरेका उनी नेकपाले नारायणकाजी श्रेष्ठलाई टिकट दिएपछि यादवले पार्टी छाडेको उनी निकट स्रोतको दाबी छ। सर्लाही-३ मा तत्कालीन माओवादी केन्द्रको राम्रो पकट रहेको छ।

प्रतिक्रिया दिनुहोस !