गगनले किन रोजे सर्लाही ४ नै ?

गगनले किन रोजे सर्लाही ४ नै ?
सुन्नुहोस्

काठमाडौं : कांग्रेस सभापति गगन थापा काठमाडौं–४ छोडेर सर्लाही–४ बाट उम्मेदवार बनेका छन्। घरथलो छोडेर थापा किन सर्लाहीबाट उम्मेदवार बने ?  धेरैको जिज्ञासा छ। किनकि, लगातार चुनाव जित्दै आएको काठमाडौं–४ उनका लागि ‘सहज क्षेत्र’ मानिन्छ। थापा निकट नेताहरू २०७९ को निर्वाचनमै थापा सर्लाही–४ बाट चुनाव लड्न चाहेको बताउँछन्। त्यतिबेला सभापति शेरबहादुर देउवाले काठमाडौंमै चुनाव लड्न सुझाएका थिए।

विगतमा महन्थ ठाकुरको चुनावी क्षेत्र रहेको सर्लाही–४ कांग्रेसको गढ मानिन्छ। अर्कोतिर मधेसबाट चुनाव जितेर राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा थापाले सन्देश दिन चाहेको उनी निकट नेताहरू बताउँछन्। कलकत्तापछि मधेसमा हुर्किएको कांग्रेसको जग बलियो बनाउन पनि थापाले मधेसबाटै उम्मेदवार बन्न चाहेको उनी निकट नेताहरू बताउँछन्।

कांग्रेसले थापालाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ। पार्टी नेतृत्व जित्न सफल उनलाई रास्वपाका नेता डा. अमरेशकुमार सिंहले चुनौती दिएका छन्। सो ठाउँमा एमालेले रवि सिंह कुशवाहलाई उम्मेदवार बनाएको छ। नेपाली कम्युनिस्ट पार्टीले रगनीश राय यादवलाई उम्मेदवार 

बनाएको छ।

थापा २०७९ को चुनावमा पनि सर्लाही–४ मा जान खोजेका थिए। एक नेता भन्छन्, ‘त्यस बेला तत्कालीन सभापति शेरबहादुरजीले काठमाडौंबाट हिँडेर कसरी हुन्छ ?  चुनाव जित्ने कसले हो भनेपछि उहाँ रोकिनुभयो।’ रास्वपाका नेता अमरेश सिंहले मौका छोप्दै जित्दै आएको क्षेत्र मानिन्छ।

उक्त क्षेत्र कांग्रेसका पूर्वनेता महन्थ ठाकुरको प्रभाव क्षेत्र थियो। मधेस आन्दोलन अगाडि पनि सो क्षेत्र कांग्रेसको गढ थियो। सोही गढलाई पुनः स्थापित गर्न चाहन्छन् सभापति थापा। थापाको चाहनाको अगाडि चुनौती पनि निकै छन्। आन्तरिक विवादका कारण कांग्रेसको मन एक ठाउँ भइसकेका छैन।
विशेष महाधिवेशनको तातो राप सकिन नपाउँदै अर्थात् कार्यकर्ताभित्रको तुस सेलाउन नपाउँदै मैदानमा होमिनु आपैmंमा चुनौती छ। र, अर्कोतिर उक्त क्षेत्रमा सिंहको प्रभाव बलियो छ। यसअघि स्वतन्त्र उठेर जितेका उनी यसपटक रास्वपाको सहारा लिएका छन्। तर, कांग्रेसका जिल्ला नेता भन्छन्, ‘हामी सभापतिजीलाई जिताएर पठाउँछौं। यहाँ कांग्रेसको विकल्प नै कांग्रेस हो।’

सर्लाही ४ कांग्रेसको परम्परागत जनाआधार भएको क्षेत्र मानिन्छ। तर, गएको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका बागी उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका थिए। सिंह कांग्रेसका पुराना नेता हुन्। ०७९ को प्रतिनिधिसभा निर्वाचन सिंहले २० हजार १७ मत ल्याएर विजयी हुँदा यहाँ कांग्रेसका उम्मेदवार नागेन्द्रकुमार यादव १८ हजार २ सय ५२ मत ल्याएर दोस्रो भएका थिए।

अघिल्लो निर्वाचनमा यहाँ कांग्रेस उम्मेदवारलाई माओवादी केन्द्रसहितका पाँच दलको समर्थन थियो। त्यति हुँदा पनि कांग्रेस उम्मेदवार नागेन्द्रकुमार १ हजार ७ सय ६५ मतान्तरले सिंहसँग पराजित भएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.