गुल्मीमा प्रतिनिधि सभा निर्वाचनका लागि ४३ उम्मेदवार मैदानमा

गुल्मीमा प्रतिनिधि सभा निर्वाचनका लागि ४३ उम्मेदवार मैदानमा

गुल्मी : प्रतिनिधि सभा निर्वाचनको लागी गुल्मीमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्। मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर दलबाट २० जना र स्वतन्त्र २३ जना गरी जिल्लाका २ निर्वाचन क्षेत्रमा ४३ जनाले मनोनयन दर्ता गराएका हुन्। 

गुल्मी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेबाट प्रदीप ज्ञवाली, नेपाली काँग्रेसबाट डाक्टर चन्द्रकान्त भण्डारी, नेपाली कम्युनिस्ट पार्टीबाट सुदर्शन बराल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर ढकाल उम्मेदवार बनेका छन्।

यसैगरी, नेपाल मजदुर किसान पार्टीबाट मायालक्ष्मी स्यात, नेशनल रिपब्लिक नेपालबाट लोकबहादुर थापा, राष्ट्रिय जनमोर्चाबाट शेरबहादुर थापा र आम जनता पार्टीबाट सिखा रेश्मीले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन अधिकृत कृष्ण प्रसाद पौडेलका अनुसार यस क्षेत्रमा कुल २१ जना उम्मेदवार चुनावमा सहभागी भएका छन्। यस क्षेत्र मा ११ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेका छन्। स्वतन्त्र तर्फ प्रेम प्रसाद श्रेष्ठ , टोप बहादुर थापा, चेतन बहादुर बस्नेत, घनश्याम गौतम, कृष्ण बहादुर सुनार,मेघ बहादुर गाहा, प्रेमलाल भण्डारी, लक्ष्मण भण्डारी, यम बहादुर वस्नेत, विमल ज्ञवाली र सुर्य बहादुर सोनी मगर रहेका छन् । 

यस क्षेत्रमा नेकपा एमालेका ज्ञवाली र काँग्रेसका भण्डारीबीच विशेष प्रतिस्पर्धा हुने देखिन्छ भने नयाँ उम्मेदवार जस्तै रास्वपाका  ढकाल र नेपाली कम्युनिस्ट पार्टीका बरालले थप प्रतिस्पर्धा गर्ने देखिन्छ ।  ढकाल २०७९ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा डडेल्धुरामा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासंग पराजित भएका थिए । 
पुराना र नयाँ बीच प्रतिस्पर्धा हुने भएकाले पनि यस क्षेत्रलाई केन्द्रमा समेत विशेष रुपमा हेरिएको छ ।

त्यस्तै जिल्लाको क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्णराज विष्ट, नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महत र राष्ट्रिय स्वतन्त्र पार्टीका गोबिन्द पन्थीले मनोनयन दर्ता गराएका छन्। यस क्षेत्रमा यी चार दलबीचमा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।  उज्यालो नेपाल पार्टीका कर्णबहादुर थापा, नेशनल रिपब्लिक नेपालका पदम थापा मगर, मङ्गोल नेशनल अर्गानाइजेसनका बेदबहादुर थापा र रास्ट्रिय जनमोर्चाका तारा बहादुर थापाक्षेत्रीले पनि उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत हरिहर पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल कम्युनिस्ट पार्टी माओबादीबाट सन्त नेपाली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जनक सेनले उम्मेदवारी दर्ता गराएका छन् ।

यस क्षेत्रमा १२ जना स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन्। जसमा भागिरथ थापा, भुमिराज सापकोटा, महेश्वर घिमिरे, मालता घिमिरे, रामप्रसाद घिमिरे, खुबिराम आचार्य, लोकबहादुर पुन, सरस्वती लम्साल, सुरेन्द्र पाण्डे, कुमारी हरिकला श्रीस मगर, नरेन्द्र प्रसाद रिजाल र फर्सुराम कडेल रहेका छन्।

गुल्मी–२ विगत हेर्दा नेकपा एमालेको क्षेत्र मानिन्छ। २०४८ सालदेखि २०६४ बाहेक, यहाँ गोकर्णराज विष्टले जीत सुनिश्चित गरिसकेका छन्। यसपटक बिष्ट आफ्नो जीत कायम राख्ने दाउमा छन् भने काङ्ग्रेस, रास्वपा र कम्युनिस्ट पार्टीका नयाँ उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमा विभिन्न दलबाट १० र स्वतन्त्र १२ गरी २२ जनाले उम्मेदवारी मनोनयन गराएका छन । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.