गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालासहित स्वागत
रौतहट : रौतहटको एक गाउँपालिकामा निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको फूलको मालासहित स्वागत गरिएको छ।
जिल्लाको यमुनामाई गाउँपालिकाका नवनियुक्त निमित्त प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादवको स्वागत गर्न गाउँपालिकाका अध्यक्ष मोहम्मद साउद उर्फ इरशाद आलमको नेतृत्वमा ५१ किलोको फूलको माला लगाएर स्वागत गरिएको हो।
यमुनामाई गाउँपालिकामा प्रशासनतर्फका कर्मचारीलाई हटाएर आयुर्वेदतर्फका कर्मचारीलाई पाँचौँ पटक कार्यालय प्रमुखको जिम्मेवारी दिइएकोमा अहिले सरकारको सर्वत्र आलोचना भएको छ।
प्रतिक्रिया दिनुहोस !