सर्लाही - १ मा राष्ट्रिय मुक्ति पार्टीबाट विकाश ठाकुरको उम्मेदवारी
भन्छन् : टेस्टेट र टुरिस्ट उम्मेदवारलाई अब जनताले हिसाब किताब गर्छन्
सर्लाही : प्रतिनिधि सभाको निर्वाचनका लागि सर्लाही-१ मा विकाश कुमार ठाकुरले उम्मेदवारी दिएका छन् । ठाकुरले राजेन्द्र महतो नेतृत्वमा तीन दलको तालमेल रहेको साझा चुनाव चिन्ह जाँतो लिएर उम्मेदवारी दिएका हुन् ।
महतोको राष्ट्रिय मुक्ति पार्टी, रेशम चौधरीको नेपाल नागरिक उन्मुक्ति नेपाल र अशोक राईको जनता समाजवादी पार्टीबीच जाँतो चिन्हमा चुनावी तालमेल भएको छ।
`मैले सर्लाही १ का जनताको आवाज सम्बोधन गर्न उम्मेदवारी दिएको छु । म यहीको स्थानीय हुँ । जनताले विश्वास गर्नुहुनेछ भन्ने ढुक्क छु,´ उनले भने । ठाकुरले टेस्टेट र टुरिस्ट उम्मेदवारलाई अब जनताले हिसाब किताब गर्ने पनि बताए ।
सर्लाही १ मा कांग्रेसबाट शम्भुलाल श्रेष्ठ, एमालेबाट मनोज देवकोटा, नेकपाबाट प्रमोद शाह, रास्वपाबाट नितिमा कार्की र जसपा नेपालबाट रामप्रकाश चौधरी उम्मेद्वार छन् । त्यसैगरी नेकपाकै भरतकुमार थापा बागी उम्मेदवार छन् ।
प्रतिक्रिया दिनुहोस !