अर्घाखाँचीमा एउटै वडाका ४ जना उम्मेदवार
अर्घाखाँची : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनकालागि अर्घाखाँची जिल्लामा उम्मेदवारी दिएकामध्ये ४ जना उम्मेदवार एउटै वडाका
रहेका छन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–५ बागीका ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट पिताम्बर भुसाल, नेपाली कम्युनिस्ट पार्टीबाट रामबहादुर चौहान, स्वतन्त्र उम्मेदवारी दिएका रवि शाह र हिमाल भुसाल मालारानी गाउँपालिका ५ बागी एउटै गाउँका रहेका छन् ।
नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका विष्णुप्रसाद खनाल मुस्कान मालारानी गाउँपालिका ४ खनका हुन् । मालारानी गाउँपालिकाका ५ जना उम्मेदवार रहेका छन् । अर्घाखाँचीमा विभिन्न पार्टी र स्वतन्त्र गरि एक महिला सहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस !