मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु
तस्बिर : अन्नपूर्ण

रौतहट : मोटरसाइकल ठोक्किएर भएको सवारी दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ । जिल्लाको राजदेवी नगरपालिका -१ पथरा स्कुल नजिक गौर–पिपरा भित्री सडक खण्डमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवकको ज्यान गएको हो । 

शुक्रबार दिउँसो पौने १२ बजे गंगापिपराबाट गौरतर्फ आउँदै गरेको प्र।२–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बिआर ३० ए एफ २३७० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा प्र।२–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल चालक दुर्गाभगवती गाउँपालिका–२ पिपरा बजार निवासी अन्दाजी ३० वर्षका अशोक महतो र बिआर ३० ए एफ २३७० नम्बरको मोटरसाइकल चालक राजदेवी नगरपालिका–२ हजमिनिया निवासी अन्दाजी २९ वर्षका अरबिन्द महतो गम्भीर घाइते भएका थिए ।

घाइते दुवैजनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएकोमा चिकित्सकले दिउँसो १२ बजे दुवैलाई मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.