उम्मेदवार चयनमा त्रुटि भएका छन्, अर्कोपटक प्राइमरी इलेक्सनमार्फत चुन्छौं : सभापति थापा

उम्मेदवार चयनमा त्रुटि भएका छन्, अर्कोपटक प्राइमरी इलेक्सनमार्फत चुन्छौं : सभापति थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं भावी प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापाले कम समयमा उम्मेदवार चयन गर्नुपर्दा केही त्रुटिहरू भएको बताएका छन्। पार्टी सभापतिको रूपमा सपथ लिएसँगै आयोजित पहिलो केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आगामी निर्वाचनमा प्रत्येक क्षेत्रमा प्राइमरी इलेक्सनमार्फत उम्मेदवार चयन गरिने बताए।

'यसपटक उम्मेदवार चयन गर्न सजिलो थिएन। २४ घन्टाभन्दा कम समयमा टिकट बाँड्नुपर्ने काम कम चुनौती थिएन। हामीसँग समय भएको योभन्दा सन्तुलित र समावेशी बनाउन सक्थ्यौं। तर, अर्कोपटक यसरी उम्मेदवार चयन हुँदैन। निर्वाचन क्षेत्रका जनताले प्राइमरी इलेक्सनमार्फत उम्मेदवार चयन गर्नेछन्,' उनले भने।

उनले यसपटक भएका त्रुटि र कमजोरीहरूलाई संस्थागत रूपमै आफूले सच्याउँदै लैजाने सभापति थापाले बताए। उनले सभापतिको कुर्सीमा बस्न सजिलो भए पनि जिम्मेवारी निभाउन निकै गाह्रो रहेको बताए। 'हामी नियमित बाटोबाट आएका होइनौं। यसरी आउन चाहेका पनि होइनौं। हाम्रा संस्थापक नेताहरूले यही 'भ्यालु' सिकाउनुभयो। माटोले आह्वान गरे माटोको आवाज सुन्न सिकाउनुभयो। हामीले नागरिकको कुरा सुनेका हौं। कांग्रेस बदल्नुपर्ने नागरिकको आवाज सुनेका हौं,' उनले भने। 

उनले आफूसँग सर्लाही आउन कांग्रेस नेता-कार्यकर्ताहरू तयार भए पनि त्यसो नगर्न आग्रह गरे। उनले क्रियाशील १० लाख कांग्रेसीहरूलाई आफ्नो क्षेत्रमा फर्कन र मतदातालाई बदलिएको कांग्रेसबारे बताउन आग्रह गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.