निर्वाचन प्रहरीमा आवेदन कम भएपछि दुई दिन म्याद थप

निर्वाचन प्रहरीमा आवेदन कम भएपछि दुई दिन म्याद थप
सुन्नुहोस्

गुल्मी : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मीमा निर्वाचन प्रहरीमा आवेदन मागभन्दा कम परेको छ। जिल्लाभर मागभन्दा कम आवेदन परेपछि आवेदन दिने म्याद दुई दिन थप गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

जिल्लाभर नेपाल प्रहरीमा १ हजार ६ सय ९५ र सशस्त्र प्रहरी बलमा १ सय ७९ गरी कुल १ हजार ८ सय ७४ आवेदन खुला गरिएको थियो। तर हालसम्म नेपाल प्रहरीमा १ हजार ३ सय र सशस्त्र प्रहरी बलमा १ सय ४८ आवेदन मात्र परेको पाइएको छ। 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गङ्गा बहादुर सारुका अनुसार नेपाल प्रहरीमा ३९५ र सशस्त्र प्रहरी बलमा ३१ आवेदन कम परेको छ। दुवै विभागमा आवेदन दिएका केही छनोट प्रक्रियामा सहभागी नभएकाले अहिले ४ सय २६ जनाका लागि आवेदन खुला गरिएको छ। जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरेर आवेदन दिने म्याद माघ १० र ११ गते थप गरेको हो। 

इच्छुक र योग्य नेपाली नागरिकहरूले जिल्ला प्रहरी कार्यालय, तम्घास, इलाका प्रहरी कार्यालय रिडी तथा इलाका प्रहरी कार्यालय पुर्कोटदहमा स्वयम् उपस्थित भएर आवेदन दिन सक्ने प्रहरी नायब उपरीक्षक सारुले जानकारी दिए। 

साथै, पुस २५ देखि माघ ३ सम्म विभिन्न कारणले फारम भर्न नसक्ने उम्मेदवारहरूले पनि यो थप म्यादभित्र उपस्थित भएर छनोट प्रक्रियामा सहभागी हुन सक्ने जनाइएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.