चिनियाँ र अमेरिकी नागरिकलाई अध्यागमनले लियो नियन्त्रणमा

arrest

चिनियाँ र अमेरिकी नागरिकलाई अध्यागमनले लियो नियन्त्रणमा
सुन्नुहोस्

काठमाडौं : भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई जना विदेशी नागरिकलाई अध्यागमनले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा एक जना अमेरिकी नागरिक र एक जना चिनियाँ नागरिक रहेको अध्यागमनले जानकारी दिएको छ।

चिनियाँ नागरिकले ठमेलको पकनाजोलस्थित फेमिली पिस होटलमा उनीहरूले मासिक २० हजार भाडा तिरेर बस्दै आएका थिए। उनी सन् २०१२ मा पहिलोपटक पर्यटक भिसामा नेपाल प्रवेश गरेको र त्यसपछि पटक-पटक गरी १३ पटक व्यावसायिक भिसा लिएको अध्यागमनले जनाएको छ।

उनले नेपालमा विभिन्न ६ वटा होटेल/व्यावसायिक कम्पनीहरू समेत स्थापना गरेको अनुसन्धानबाट खुलेको छ। भिसाको उद्देश्य विपरीत उनीहरूले कम्पनी स्थापना गर्ने गरेको तर लगानी र कारोबार भएको नदेखिएको उनको भनाइ छ। 

उनीहरूले Yan Shuping Hotel and Restaurant Pvt Ltd, Hotel with Restaurant Yan, झोँङविन इन्टरनेशनल कार्गो कम्पनी, Moa Ying Hotelwith Restaurant, Spirit Monkey Information Technology र शाव जिअसुन होटल विथ रेष्टुरेण्ट कम्पनी स्थापना गरेको खुलेको अध्यागमनले जनाएको छ।

अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार पर्यटक भिसा र व्यावसायिक भिसामा नेपालमा बसी विगत ४ वर्षदेखि विभिन्न विद्यालयहरूमा अध्यापन लगायतका कार्यहरू गर्दै आएको खुलेको छ। पर्यटक भिसा र व्यावसायिक भिसामा नेपालमा बस्दा विदेशी नागरिकले काम गर्न नपाउने व्यवस्था छ।

विभिन्न समयमा पटक-पटक पर्यटक भिसा र फरक फरक प्रकृतिका कम्पनीहरू दर्ता गराई लामो समय नेपाल बस्ने मात्र प्रयोजनको लागि भिसा आवेदन गर्ने गरेको र उक्त कार्य भिसाको उद्देश्य विपरीत कार्य गर्दै आएको अध्यागमन विभागले जनाएको छ। 
त्यस्तै अमेरिकी नागरिक सन् २०१७ मा पहिलोपटक नेपाल प्रवेश गरेको र सन् २०२० मा पुनः नेपाल प्रवेश गरी हालसम्म नेपालमै रहेको खुलेको छ। सिन्धुपाल्चोकको साँगाचोकगढीमा CALVARY SERVICE CENTER Pvt Ltd स्थापना गरेको उनले कम्पनीको ठेगाना भने ललितपुर १८ सैंबु उल्लेख गरेको अनुसन्धानबाट खुलेको छ।

गोदावरी नगरपालिकामा घर भाडामा लिई गैर कानुनी रूरुपमा बालगृह सञ्चालन गरेकोसमेत पाइएको विभागका प्रवक्ता ढकालले बताए।

बालगृहसम्बन्धी आधिकारिक बोर्ड नभएको र उक्त भवनमा आर्थिक अवस्था कमजोर भएका १२ जना बालिकाहरूलाई आश्रय दिएर राखिएको पाइएको प्रवक्ता ढकालले बताए। क्रिश्चियन धर्मसम्बन्धी गतिविधिमा संलग्न गराउने गरेको स्थानीयबासीले बताएको र भवनका भित्ताहरुमा क्रिश्चियन धर्मसम्बन्धी सन्देश पेन्ट पनि गरिएको अध्यागमन विभागले जनाएको छ।

अध्यागमनको नियन्त्रणमा परेपछि ती अमेरिकी नागरिकले नेपाल सरकार र प्रशासनको बारेमा 'हेट स्पीच'समेत दिएको प्रवक्ता ढकालले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.