यी हुन् राष्ट्रिय सभामा निर्वाचित गठबन्धनका १८ सांसद

यी हुन् राष्ट्रिय सभामा निर्वाचित गठबन्धनका १८ सांसद

काठमाडौं : राष्ट्रियसभा सदस्यका लागि आइतबार भएको निर्वाचनमा एमाले-कांग्रेस गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। आइतबार सातै प्रदेशमा १८ पदका लागि भएकाको मतदानका एमाले-कांग्रेस गठबन्धनका उम्मेदवारहरू विजयी भएका हुन्। 

कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए। निर्वाचनपछि एमालेका सोम पोर्तेल र रोशनी मेचे विजयी भए। 

त्यस्तै मधेशमा महिला क्लस्टरतर्फ एमालेकी उम्मेदवार रेखा झा, अल्पसंख्यक क्लस्टरमा कांग्रेसका रंजित कर्ण, दलित क्लस्टरमा कांग्रेसका धर्मेन्द्र पासवान र अन्यतर्फ महन्थ ठाकुर विजयी भए। त्यस्तै बागमती प्रदेशबाट महिला क्लस्टरमा कांग्रेसकी गीता देवकोटा र अन्य क्लस्टरमा उम्मेदवार बनेका एमालेका डा. प्रेम प्रसाद दंगाल विजयी भए।

त्यस्तै राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकीबाट अन्यमा कांग्रेसका जगत तिमिल्सिना र महिलामा एमालेकी सम्झना देवकोटा विजयी भए। लुम्बिनीबाट एमालेकी रामकुमारी झाँक्री महिला कोटाबाट, अपांगता कोटामा कांग्रेसका बासुदेव घिमिरे र अन्य समूहको कोटामा काग्रेसकै चन्द्रबहादुर केसी विजयी भए। 

त्यस्तै कर्णालीबाट अन्य कलस्टरबाट उम्मेदवार बनेका कांग्रेसका ललितजंग शाही र महिलातर्फ उम्मेदवार रहेकी एमालेकी मिनासिं रखाल निर्वाचित भए भने सुदूरपश्चिमबाट महिलातर्फ एमालेकी उम्मेदवार लीला भण्डारी र खुल्लातर्फ कांग्रेसका खम्मबहादुर खाती विजयी भए।

राष्ट्रियसभा निर्वाचन सातै प्रदेशमा गरी ९५ दशमलव ६८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। सातै प्रदेशमा कूल २०११ मतदाता रहेकामा १९२४ मत खसेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.