तल्लो बलेफी हाइड्रोपावरलाई स्थानीयको ध्यानाकर्षण पत्र

तल्लो बलेफी हाइड्रोपावरलाई स्थानीयको ध्यानाकर्षण पत्र
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बलेफी खोलामा निर्माण भइरहेको २२ मेघावाटको तल्लो बलेफी जलविद्युत् आयोजनाले स्थानीयको माग सम्बोधन नगरेको भन्दै माग पूरा गर्न एक साताको समयसीमासहितको ध्यानाकर्षण पत्र बुझाएका छन्।

आयोजना निर्माण गर्दा स्थानीयलाई सामाजिक उत्तरदायित्वको कार्यमा नसमेटिएको भन्दै प्रभावित क्षेत्र चौतारा साँगाचोकगढी नगरपालिका– ४ का स्थानीयले आयोजनालाई ध्यानाकर्षण गराएका हुन्। उनीहरूले आयोजनालाई ध्यानाकर्षण पत्र बुझाउँदै सात दिनको समयसीमा दिएका छन्।

आयोजनाले प्रभावित क्षेत्रमा स्वास्थ्य, शिक्षा, खानेपानी, भौतिक पूर्वाधारलगायतका काममा ध्यान नदिई आयोजना निर्माण गरेको भन्दै स्थानीयले वडा कार्यालयमार्फत आयोजनालाई सातदिने ध्यानाकर्षण पत्र बुझाएको स्थानीय युवा रमेश श्रेष्ठले बताए। ‘हामीले व्यक्तिगत मागेका होइनौं, स्थानीयलाई र समाजमा आवश्यक पर्ने साझा कार्यक्रमलाई आयोजनाले सामाजिक उत्तरदात्यिव वहन गर्न भनेका हौं,’ उनले भने, ‘स्थानीयको माग बेवास्ता गर्दा आयोजनालाई नै घाटा बेहोर्नुपर्ने हुन्छ।’

श्रेष्ठले आयोजना बनाउँदा सम्झौता भएबमोजिम काम गर्नुपर्ने बताए। ‘हामी प्रभावित क्षेत्रमा पर्छौं, हामीले वडा कार्यालयलाई स्थानीयको साझा आवाजलाई सम्बोधन गराउनका लागि पनि अनुरोध गरेका छौं,’ उनले भने, ‘स्थानीयको आवाज नसुन्ने हो भने हामी एक सातापछि चरणबद्ध आन्दोलनमा जानेछौं।’ 

आयोजना निर्माण गर्दा स्थानीयलाई १० प्रतिशत सेयर दिने भनिए पनि अहिले आयोजनाले उक्त सम्झौतालाई बेवास्ता गर्दै आएको स्थानीयको आरोप छ।आयोजनाको जिओलोजिस्ट इन्जिनियर सुमन तुम्बाहाम्फेले स्थानीयको ध्यानाकर्षण पत्र बुझ्दै समस्या समाधानका लागि आयोजनाको बोर्डमा कुरा राख्ने बताए। ‘हामी पनि स्थानीयलाई टाढा बनाएर काम गर्न चाहँदैनौं,’ उनले भने, ‘समस्या सुल्झाउनका लागि आयोजना सञ्चालन समितिलाई यो पत्र बुझाउँदै आवश्यक समन्वय गर्नेछौं।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.