तत्कालीन माओवादी नेता एमालेमा प्रवेश
काठमाडौं : नेकपा माओवादी केन्द्रका काठमाडौं महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश लामा नेकपा एमाले प्रवेश गरेका छन्।
भक्तपुरको गुण्डुस्थित निवासमा एमाले अध्यक्ष ओलीले पार्टीको झन्डा, नेपालको झन्डा र खादा ओढाएर पार्टी प्रवेश गराएका हुन्। लामाले एमाले प्रवेश गर्न अलि ढिलो भएको बताए। कमिटीका अध्यक्ष राजेश लामासँगै जिल्ला कमिटीका सदस्य विष्णु जोशीले पनि पार्टी प्रवेश गरेका थिए।
प्रतिक्रिया दिनुहोस !