भारतीय राजदूतावासले मनायो भारतको ७७औं गणतन्त्र दिवस

भारतीय राजदूतावासले मनायो भारतको ७७औं गणतन्त्र दिवस
सुन्नुहोस्

काठमाडौं : काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ७७औं गणतन्त्र दिवस मनाएको छ। लैनचौरस्थित दूतावासमा सोमबार आयोजित कार्यक्रममा कार्यवाहक राजदूत डा. राकेश पाण्डेले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए। उक्त अवसरमा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधनको भिडियो प्रस्तुत गरिएको थियो।

कार्यक्रममा कार्यवाहक राजदूत पाण्डेले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र निकटतम नातेदारलाई सम्मान गरेका थिए। उनीहरूलाई 
७ करोड २० लाख बढीको बैंक चेक (आर्मी ग्रुप इन्स्योरेन्स फन्ड) हस्तान्तरण गरिएको थियो।

त्यस्तै कार्यक्रममा विगत एक वर्षमा भारत-नेपाल सम्बन्धमा भएको महत्त्वपूर्ण प्रगतिलाई समेटिएको भिडियो प्रस्तुत गरिएको थियो। उक्त अवसरमा राजदूतावासमा रहेको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थी तथा शिक्षकहरू र नेपाली कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए।

nullnullnullnull

nullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.