प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब दुई अंकले बढ्यो
काठमाडौं : सेयर कारोबार साताको चौथो दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब दुई अंकले बढेको छ। यो समयमा नेप्से परिसूचक १.७१ प्रतिशतले बढेर २७२८.२२ विन्दुमा पुगेको छ।
प्रि ओपन सेसनमा ६६ वटा स्क्रिप्सको २३ हजार ४८१ वटा कित्ता सेयर १ करोड ४७ लाख ६९ हजार ७३९ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २२ वटा स्टक्सको मूल्य बढ्दा ३३ वटाको घट्यो। बाँकी १० वटा स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !