मोरङ-६ मा अनुभव र ऊर्जाबीचको पुस्तागत भिडन्त: ७५ वर्षका शेखर, २५ वर्षका वसन्त

मोरङ-६ मा अनुभव र ऊर्जाबीचको पुस्तागत भिडन्त: ७५ वर्षका शेखर, २५ वर्षका वसन्त

विराटनगर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ यसपटक दलीय प्रतिस्पर्धाको मैदान मात्रै बनेको छैन। यहाँ दुई पुस्ताबीचको सोच, दृष्टिकोण र नेतृत्व शैलीको सीधा भिडन्त देखिन थालेको छ। 

एकातिर दशकौँदेखि नेपाली राजनीतिमा स्थापित ७५ वर्षका अनुभवी कांग्रेस नेता डा. शेखर कोइराला छन् भने अर्कोतिर २५ वर्षका युवा उम्मेदवार वसन्त बुढाथोकी छन्। वसन्तलाई धेरै मतदाताले नयाँ पुस्ताको प्रतिनिधि र सम्भावित वैकल्पिक नेतृत्वका रूपमा हेर्न थालेका छन्। मोरङ–६ को चुनावी मैदानमा यसपटक १७ जना उम्मेदवार छन्। 

कांग्रेसका तर्फबाट डा. शेखर कोइराला, नेकपा (एमाले)बाट विनोद ढकाल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का ओपेन्द्र राय, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट युवा नेतृ रुविना आचार्य लगायत विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। तर, मतदाताको चासो र बहस भने मुख्यतः पुस्तागत अन्तर र त्यसले प्रतिनिधित्व गर्ने राजनीतिक सोचमा केन्द्रित हुँदै गएको देखिन्छ।

उज्यालो नेपाल पार्टीबाट ‘चिम’ चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका वसन्त बुढाथोकी मोरङ–६ कै सबैभन्दा कान्छा उम्मेदवार हुन्। उनी परम्परागत चुनावी शैलीभन्दा फरक ढंगले मैदानमा उत्रिएका छन्। ठूला मञ्च, औपचारिक भाषण र नाराभन्दा उनी गाउँ–टोल, चोक–चौतारी, युवाको जमघट र महिलाको भेलामै पुगेर प्रत्यक्ष संवादलाई प्राथमिकता दिइरहेका छन्। ‘म राजनीति गर्न होइन। तपाईंहरूको समस्या बोक्न आएको हुँ,’ भन्ने उनको सन्देशले युवामाझ मात्र नभएर अभिभावक पुस्तामा पनि चासो बढाएको देखिन्छ। 

बेरोजगारी, वैदेशिक पलायन, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र स्थानीय स्तरमै रोजगारी सिर्जनाका विषयलाई बुढाथोकीले चुनावी नारामा सीमित नराखी कार्यान्वयनयोग्य एजेन्डाका रूपमा प्रस्तुत गरिरहेका छन्। सामाजिक सञ्जालको सक्रिय प्रयोग, सरल भाषा र जवाफदेही शैलीले उनलाई ‘जेनजी उम्मेदवार’ मात्र नभई सबै पुस्ताले बुझ्न सक्ने साझा आवाजका रूपमा उभ्याइरहेको छ। 

उता, डा. शेखर कोइराला लामो राजनीतिक यात्रा, राष्ट्रिय तहको अनुभव र पार्टीभित्रको प्रभावशाली भूमिकालाई आफ्नो मुख्य आधार बनाएर चुनावी मैदानमा छन्। उनले कांग्रेसको परम्परागत मताधार, संगठन र आफ्नो राजनीतिक विरासतलाई निरन्तरताको विकल्पका रूपमा प्रस्तुत गर्दै आएका छन्। तर, स्थानीय तहमा देखिएको माहोलले यसपटक मोरङ–६ मा पुराना अनुहारभन्दा नयाँ सोच र फरक नेतृत्वप्रतिको आकर्षण बढ्दै गएको संकेत पनि गरिरहेको छ।

यसरी मोरङ–६ को चुनाव हजुरबुवा र नातिको उमेर तुलना मात्रमा सीमित छैन। यसलाई निरन्तरता र परिवर्तन बीचको बहस तथा अनुभव र ऊर्जाबीचको छनोटका पनि लिइएको छ। अनुभव र ऊर्जाबीचको पुस्तागत भिडन्तले मोरङ–६ को चुनावी माहोललाई रोचक बनाइरहेको छ। आगामी दिनमा यो क्षेत्रको नेतृत्व कस्तो हातमा जाने भन्ने गम्भीर निर्णयको घडी यही हो। 

कुल १ लाख ३७ हजार ८ सय ३२ मतदाता रहेको मोरङ–६ मा यसपटकको निर्वाचनलाई एक जना सांसद छान्ने दौडका रूपमा मात्रै लिइएको छैन। बरु मतदाताले कुन पुस्ताको सोच र दृष्टिकोणलाई भविष्यका लागि उपयुक्त ठान्छन् र कस्तो सन्देश दिन चाहन्छन् भन्ने चर्चाको केन्द्रमा छ। हिजोको राजनीतिलाई निरन्तरता कि भोलिको सम्भावनालाई अवसर दिने भन्ने अन्तिम फैसला भने मतदाताको हातमा छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.