गृहले भन्यो- कानुन विपरीत काम गरे प्रहरी रिपोर्टमा उल्लेख हुन्छ, वैदेशिक अध्ययन भ्रमण र रोजगारीमा प्रभाव पर्नसक्छ

गृहले भन्यो- कानुन विपरीत काम गरे प्रहरी रिपोर्टमा उल्लेख हुन्छ, वैदेशिक अध्ययन भ्रमण र रोजगारीमा प्रभाव पर्नसक्छ
सुन्नुहोस्

काठमाडौं : गृह मन्त्रालयले कानुन विपरीत काम कारबाही गरे गराएमा त्यस्ता विवरण नेपाल प्रहरीद्वारा जारी हुने चारित्रिक प्रमाण पत्रमा समेत उल्लेख हुने जानकारी दिएको छ। गृहले सोको प्रभाव वैदेशिक अध्ययन, भ्रमण, रोजगारीलगायतमा पर्नसक्ने भन्दै सूचना जारी गरी सम्बन्धित सबैलाई सचेत गराएको छ।

अपराधसम्बन्धी राष्ट्रिय अभिलेखलाई व्यवस्थित गर्न अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८१ कार्यान्वयनमा रहेको जानकारी जनाउँदै मन्त्रालयले मौजुदा कानुनी व्यवस्था, विधि र प्रक्रिया प्रतिकुल कार्य गरेमा त्यस्ता चारित्रिक प्रमाणपत्र जारी हुँदा सो विवरण उल्लेख हुने र त्यसले भविष्यमा प्रतिकुल प्रभाव पार्नसक्ने तर्फ सचेत गराएको हो।

गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा प्रवक्ता आनन्द काफ्लेले निर्देशिका प्रतिकुल हुने गरी प्रमाणपत्र उपलब्ध गराएमा, प्रमाणपत्रमा केरमेट, थपघट गरेमा लिखत सम्बन्धी कसूरमा प्रचलित कानुन बमोजिम कारबाही हुने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.