‘शहीदको सपना अबको पुस्ताले पुरा गर्छ’
डडेल्धुरा : चार जना शहीदको सम्झनामा आयोजित कार्यक्रम ‘शहीद दिवस’ डडेल्धुरामा पनि मनाइएको छ । नेपाली कांग्रेस डडेल्धुराले पार्टी कार्यालयमा शहीदको तस्वीरमा माल्यार्पण गरी शहीद दिवस मनाएको हो ।
शुक्रवार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका नैनसिंह महरले शहीदको सपना, देखाएको बाटो, लोकतन्त्र र जनताका चाहना पुरा गर्न अबको पुस्ताले काम गर्ने जनाएका छन । साथै अबको पुस्ताले नै शहीदका सपना पुरा गर्ने पनि कांग्रेस केन्द्रिय सदस्य समेत रहेका महरले बताए । उनले श्रद्धाञ्जली स्वरुप शहीदको तस्वीरमा फूलमाला चढाउँदै समवेदना मन्तव्यका क्रममा यस्तो बताएका हुन् ।
समवेदना प्रकट गर्ने क्रममा नेता महरले देशका लागि जिउज्यान दिने सबै शहीदप्रति सहानुभूति प्रकट गर्दै उनीहरुले देखाएको बाटो र सपना पुरा गर्न आफ्नो उम्मेदवारी रहेको बताउँदै भने, ‘प्रजातन्त्र र लोकतन्त्रका खातिर जिउज्यान दिने शहीद परिवारका सपना पुरा गर्न पनि म मतदातामाझ उभिएको हुँ ।’
यसका साथैका भदौं २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा सहादत भएका र अहिले पनि अङ्गभङ्ग भई घाइते अवस्थामा रहेका युवापुस्ताको माग पुरा गर्न प्रतिनिधि सभामा आफ्नो उपस्थिति रहनु पर्ने नेता महरले बताए । यसका साथै जिल्लामा आयोजित शहीद दिवसको अवसरमा पार्टी सभापति भिमबहादुर साउद र सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा समेतले समवेदना प्रकट गरेका थिए । कार्यक्रमा कांग्रेस नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस !