चोरीमा संलग्न तीन जना पक्राउ

चोरीमा संलग्न तीन जना पक्राउ
सुन्नुहोस्

महोत्तरी : गौशाला नगरपालिकामा चोरीमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गौशाला-१२ का विशेश्वर सिंह कुशवाहा ज.५ प ४३२४ नम्बरको मोटरसाइकल चालकलाई तीन जनाको समूहले फलामको रडले टाउकोमा प्रहार गरेका थिए। आक्रमणबाट कुशवाहा गम्भीर घाइते भएका छन्।

घटनापछि आक्रमणकारीहरूले कुशवाहाको मोटरसाइकल र एक थान मोबाइल फोन डाँका चोरी गरी फरार भएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गौशाला मातहत प्रहरी चौकी कान्तिबजार तथा इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले तत्काल घटनास्थल पुगेर खोजतलास सुरु गरेको थियो।

खोजतलासको क्रममा आज  बिहान महोत्तरीको गौशाला नगरपालिका-१२ र सर्लाही जिल्लाको सिमानामा रहेको जंगल क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा उक्त घटनामा संलग्न निर्मल साह सोनार (१८), नितेश कुमार कुशवाहा (१८) र मनिष राम (१८) लाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका तीनै जना गौशाला नगरपालिका-१२ कै स्थायी बासिन्दा छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.