मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु, सनाखत हुन बाँकी

मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु, सनाखत हुन बाँकी

गोरखा : आरुघाट गाउँपालिका-३ छेपारेखोलामा भएको मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु भएको छ। शनिबार आर्खेततर्फबाट सोतीतर्फ जाँदै गरेको ग १८ प ३५४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ३५ वर्षका युवकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृतकको शनिबार साँझ अबेरसम्म पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय आरुघाटले जनाएको छ। मानवबस्तीविहीन सो ओरालो सडकमा एक युवा मोटरसाइकल दुर्घटनामा परेर लडिरहेको साँझ ६ बजे खबर प्राप्त भएको र उपचारका लागि आरुघाट अस्पताल पुर्‍याउँदा अस्पतालले मृत्यु भएको जानकारी दिएको प्रहरीको भनाइ छ।

घटनास्थल एकलासमा रहेकाले कतिबेला घटना भएको पनि थाहा नपाएको, मृतकको नाम, ठेगाना पनि खुल्न नसकेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.