बालेनको चुनावी प्रचारका क्रममा बेहोस भएका पत्रकार सिटौलाको निधन
काठमाडौं : पत्रकार दिनेश सिटौला निधन भएको छ। रास्वपा बरिष्ठ नेता बालेन शाहसँग चुनावी प्रचारमा अछाम पुग्दा एक्कासि बेहोस भएर ढलेपछि सिटौलालाई उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ ल्याइएको थियो ।
भेन्टिलेटरमा राखेर उपचारका क्रममा आइतबार १२:४५ बजे पत्रकार सिटौलाको निधन भएको ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा.विनोद बिजुक्छेले जानकारी दिए । सिटौलालाई गम्भीर सबअरेनहाइड हेमोरेजको लागि स्थापित प्रोटोकल अनुसार क्रिटिकल केयर र न्यूरो सर्जरी टिमद्वारा संयुक्तरुपमा आइसीयूमा निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।
गम्भीर इन्टेन्भिस केयरका बाबजुद ४८ घण्टापछि न्यूरोलोजिकल अवस्था र मस्तिष्कको कार्यक्षमता पुनः प्राप्तिको कुनै संकेत नदेखिएपछि परिवारलाई जानकारी गराइएको मेडिकल निर्देशक बिजुक्छेले बताए।
विशेष निगरानीका साथ उपचार गरिए पनि पत्रकार सिटौलालाई बचाउन नसकिएको अस्पतालले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !