उखु खेतमा आगो लाग्दा लाखौंको क्षति

उखु खेतमा आगो लाग्दा लाखौंको क्षति
सुन्नुहोस्

महोत्तरी : औरही नगरपालिका-१ मा अचानक उखु खेतमा आगलागी हुँदा १४ लाख रुपैयाँ बराबरको उखु जलेर नष्ट भएको छ। स्थानीय १० जना किसानको ६ बिघा ७ कठ्ठा क्षेत्रफलको उखु पूर्ण रूपमा जलेर नष्ट भएको छ। 

स्थानीय नगिनादेवी यादव, रासदेवी यादव, हरिनारायण यादवलगायत कृषकको उखु खेत जलेको हो। एभरेष्ट सुगर एण्ड केमिकल इन्डस्ट्रिज गौशालाका जेटिए अमिरी महतोका अनुसार आगलागी भएको उखु २४ घण्टाभित्र क्रसिङ गर्न सके २ प्रतिशत मात्रै कट्टा हुने व्यवस्था छ। सो समयभित्र क्रसिङ हुन नसके उखु प्रयोगशालामा परीक्षणका लागि पठाइने र ल्याबको प्रतिवेदनअनुसार कट्टा हुने उनले बताए।

खेतमा लागेको आगोलाई सम्सी, रामगोपालपुर, जलेश्वर र बर्दिबास नगरपालिकाबाट खटिएका वारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो। आगलागी भएको उखु आफूहरू काट्ने तयारीमै रहेको पीडित कृषक हरिनारायण यादवले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.