कांग्रेसले निर्वाचन क्षेत्रमा खटायो केन्द्रीय नेता

कांग्रेसले निर्वाचन क्षेत्रमा खटायो केन्द्रीय नेता
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले आसन्न निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन १६५ निर्वाचन क्षेत्रमै केन्द्रीय नेताहरू खटाएको छ। पार्टी उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिले देशका ७७ वटै जिल्ला पुग्ने गरी केन्द्रीय नेताहरूलाई जिम्मेवारी दिएको हो।

जिम्मेवारी पाउनेमा गत पुस २७ देखि ३०सम्म भएको विशेष महाधिवेशनमा सहभागी हुने र नहुने दुवै समूहका छन्। विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई अझै स्वीकार्न नसकेको १४ औंको समिति शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूह दुवै पक्षलाई उपसभापति शर्माले जिम्मेवारी दिएका छन्।

देउवा समूह भने आधिकारिकताका लागि भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधीन छ। निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि सभापति थापाले देउवा र कोइराला समूहका इच्छुक नेतालाई उम्मेदवारको टिकट दिएका थिए।

त्यसबाट पनि सन्तुष्ट नभएका दुई समूहका केही नेतालाई उपसभापति शर्माले केन्द्रीय निर्वाचन परिचालन समितिको तर्फबाट जिल्ला तोकेर जिम्मेवारी दिएका हुन्। जसमा देउवा नेतृत्वको कार्यसमितिमा रहेका र विशेष महाधिवेशनमा सहभागी नभएका पदाधिकारी र केन्द्रीय सदस्यहरू छन्। जस अनुसार ताप्लेजुङ, पाँचथर, इलाम र झापाका लागि सहमहामन्त्री डा. डिला संग्रौलासहित पूर्व सहमहामन्त्री भीष्मराज आङदेम्बे, केन्द्रीय सदस्य सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बालाई जिम्मेवारी दिइएको छ।

यस्तै संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्ला हेर्ने गरी केन्द्रीय सदस्य अमृत अर्याल, नेताहरू मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजंग रायमाझीलाई जिम्मेवारी तोकिएको छ। सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरी र सिरहामा वसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जीलाई खटाइएको छ। बागमती प्रदेशको धादिङ, रसुवा, नुवाकोट र काठमाडौं जिल्ला हेर्न सहमहामन्त्री बहादुरसिंह (लामा) तामाङ, डा. केदारनरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जीतनारायण श्रेष्ठ र डा. अमिता प्रधानले जिम्मेवारी पाएका छन्।

काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुर जिल्लाका लागि जिपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल र गीता सत्यालले जिम्मेवारी पाएका छन्। भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र चितवनमा नेताहरू अर्जुननरसिंह केसी, दिलमान पाख्रिन, धना खतिवडा, मथुराप्रसाद घिमिरे र धर्मराज गौतमले जिम्मेवारी पाएका छन्। गण्डकी प्रदेशको पर्वत, म्याग्दी, मुस्ताङ र बाग्लुङ जिल्लामा चीनकाजी श्रेष्ठ, मनकुमारी गुरुङ, कृष्णबहादुर केसी र चिनु पोखरेलले जिम्मेवारी पाएका छन्। स्याङ्जा, कास्की, मनाङ र नवलपुरमा ध्रुव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ र किरणराज शर्मा पौडेलले जिम्मेवारी पाएका छन्। गोरखा, लम्जुङ र तनहुँमा अब्दुल सत्तार, रेशम बानियाँ, शारदा पौडेल र सरस्वती अर्याल तिवारीले जिम्मेवारी पाएका छन्।

लुम्बिनी प्रदेशको रूपन्देही, पाल्पा, नवलपरासी र गुल्मीमा डा. गोपाल दहित, गेहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंहले जिम्मेवारी पाउँदा कपिलवस्तु, अर्घाखाँची, रुकुम (पूर्व), प्युठान र रोल्पामा कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मीकि, छन्दबहादुर पहराई मगर र केशव आचार्यलाई खटाइएको छ। दाङ, बाँके र बर्दियामा चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल, राधेश्याम पाठक र रूपा विकले जिम्मेवारी पाएका छन्। कर्णाली प्रदेशको सुर्खेत, सल्यान, रुकुम (पश्चिम), जाजरकोट र डोल्पाका लागि नारायण प्रसाद भट्टराई, रामदेवी खड्का, सूर्यबहादुर विक र रंगमती शाहीले जिम्मेवारी पाउँदा दैलेख, कालिकोट, जुम्ला, मुगु र हुम्लामा जानकी सिंह, दीपकजंग शाह, तीर्थजंग शाही, छायाँ सुनार, मानबहादुर नेपाली र कान्तिका सेजुवालले उम्मेदवार जिताउने जिम्मेवारी पाएका छन्।

सुदूरपश्चिम प्रदेशअन्तर्गत कञ्चनपुर, बैतडी, दार्चुला र बझाङमा हिमबहादुर रावल, निपा चोख्याल र विद्यादेवी तिमिल्सिना, कैलाली र डडेल्धुरामा जगतप्रसाद जोशी, सुनिता राना, डा. रणबहादुर रावल र नृपबहादुर वड तथा डोटी, अछाम र बाजुरामा नरेन्द्र भट्ट, सम्झना खत्री र सुशीला मिश्र भट्टले जिम्मेवारी पाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.