झिमरुककै चार उम्मेदवार

झिमरुककै चार उम्मेदवार
सुन्नुहोस्

बुटवल : राजनीति उर्वरभूमिका रूपमा परिचित प्यूठानको झिमरुक गाउँपालिकाका चार जना उम्मेदवार चुनावी मैदानमा छन्। कम्युनिस्ट आन्दोलनको बिउ रोप्ने नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको जन्मथलो पनि यही पालिका हो। वडा नम्बर ४ स्थित काउछेमा उनको कुनैबेला तलामाथि घोडा हिँड्ने कलात्मक घर अझै पनि छ।

प्यूठानमा सबैभन्दा ठूलो दल नेकपा (एमाले) र उक्त दलले उम्मेदवारका रूपमा अघि सारेका नेता सूर्य थापा झिमरुक–१ सौतामारे निवासी हुन्। फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनमा सूर्यसँगको प्रतिस्पर्धामा अन्य १३ जना उम्मेदवार मैदानमा छन्। ०७९ को निर्वाचनमा थापाले प्यूठानमा पाँचदलीय गठबन्धनलाई पछि पार्दै जित हात पारेका थिए।

सबै दलको मतलाई हेर्दा करिब १८ हजारले पछि रहेका थापा ०७९ मा ४१ हजार १ सय १८ मत लिएर चुनाव जितेका थिए। प्रतिद्वन्द्वी राजमोकी दुर्गा पौडेलसँग ५ हजार ४ सय ४ मतान्तर भएको थियो। ५१ वर्षीय थापाले करिब ३१ वर्ष नेपाली पत्रकारितामा सक्रिय भएर राजनीतिमा होमिएका हुन्।

झिमरुकबाटै चुनाव लडेका अर्का उम्मेदवार हुन्, तिलकबहादुर जिसी। उनी झिमरुक गाउँपालिका ४ निवासी हुन्। जिसी पहिलोपटक संघीय सांसद् लड्दै छन्। झिमरुक गाउँपालिकाको संस्थापक गाउँपालिका अध्यक्षसमेत रहेका उनी झिमरुको नेतृत्व गर्दा विवादरहित काम गरेको अनुभव छ।

उनी नेकपा (मसाल) का लुम्बिनी प्रदेश प्रवक्ता हुन्। ०५४ सालमा तत्कालीन बांगेमरोठ गाविसको अध्यक्षसमेत भइसकेका जिसीसँग राज्यका निकायहरूसँग काम गरेको अनुभव छ। उनको नेतृत्वमा झिमरुक गाउँपालिका लुम्बिनीको पहिलो र देशकै सातौं बेरुजु कम गर्ने पालिकाको रूपमा पहिचान बनाएको थियो। मसालको चुनावी मोर्र्चा राष्ट्रिय जनमोर्चा हो। ५९ वर्षीय जिसीले आईएल उत्र्तीण गरेका छन्। यसै वर्ष नयाँ दलको स्थापना गरेर पहिलोपटक संसदीय यात्राको प्रतिस्पर्धामा भिडेका विमलप्रसाद पोख्रेल झिमरुक गाउँपालिका १ निवासी हुन्। नेपाली जनता दल स्थापना उनकै अगुवाइमा भएको हो। उनी त्यस पार्टीको केन्द्रीय सचिव हुन्। देशको अस्तव्यस्त राजनीति र कानुनी लडाइँमा उनी देशमै अग्रणी भागमा देखिन्छन्। 

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट प्यूठानमा गोविन्द गिरी चुनावी मैदानमा होमिएका छन्। एमाले छाडेर उनी केही समय खाली बसे र हर्क साम्पाङलाई भेट्न धरान पुगे। त्यहीबाट उनी पार्टीमा प्रवेश गरेका छन्। अहिले उक्त पार्टीको लुम्बिनी प्रदेश प्रवक्ताको उनले जिम्मेवारी पाएका छन्।
 

कुनैबेला आफूलाई एमाले ब्रान्ड बनाएका गिरी लामो समय पारिवारिक समस्याले गर्दा राजनीतिमा निष्क्रिय भएर बसेका थिए। तर, गिरीको प्यूठानमा अहिलेको श्रम संस्कृति पार्टीप्रतिको आकर्षण र संगठन विस्तार निकै कमजोर छ। ५२ वर्षीय गिरीले आईएसम्मको पढाइ पूरा गरेका छन्। उनी झिमरुक ८ निवासी हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.