नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ

नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ
सांकेतिक तस्बिर

रौतहट : आसन्न  फाल्गुन २१ को निर्वाचनको समयमा भारतीय बजार बैरगनिया छेउ गुवावारी घाटबाट अवैध दुई थान हतियारसहित एकजना पक्राउ परेका छन्। भारतीय सीमा सुरक्षा बल २०औँ बटालियनका एसएसबी टोली र कुन्डवा चैनपुर प्रहरीको संयुक्त कारबाहीमा बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्ला कुन्डवा चैनपुरका ३६ वर्षीय मोहम्मद इम्तियाज हतियारसहित पक्राउ परेका हुन्।

बैरगनिया बजार नजिकैको फुलवरिया घाट हुँदै हतियार ओसारपसार भइरहेको विशेष सूचनापछि एसएसबी निरीक्षक आलोक कुमारको नेतृत्वमा खटिएको टोलीले बिहीबार राति गुआबारी अफिस घाटबाट इम्तियाजलाई पक्राउ गरेको हो ।  

चुनावको समय नजिकिँदै जाँदा भारतबाट आवत जावत गर्ने नागरिक माथि नेपाली-भारतीय सुरक्षाकर्मीले कडा निगरानी सुरु गरेका छन् भने गैरकानुनी काम नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.