मेहनत र अनुशासन नै विद्यार्थीको गहना : कप्तान एन्जिला तुम्बापो

मेहनत र अनुशासन नै विद्यार्थीको गहना : कप्तान एन्जिला तुम्बापो
सुन्नुहोस्

काभ्रे : राष्ट्रिय फुटबल टोलीको अप्तान एन्जिला तुम्बोपो सुब्बाले विद्यार्थीहरुलाई अनुशासनमा बस्न सुझाव दिएकी छिन् । काभ्रेको बनेपास्थित प्रगति प्रभात स्कुल पुगेकी कप्तान तुम्बापोले मेहनत र अनुशासन नै विद्यार्थीको गहना भएको बताएकी छिन् । 

null

प्रगति प्रभात एकेडेमी सेकेण्डरी विद्यालयमा खेलकुद मिट–२०८२ सुरुवात गर्दै  नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान एवं गोलकिपर एन्जिला सुब्बाले आफूले संघर्षबाट धेरै कुरा सिकेको अनुभव सुनाइन् । परिवारको सहयोग, अग्रजको मार्गनिर्देशन र कडा मेहनतले सफलताको उचाइमा पु¥याउने उनले बताइन् । जीवनमा सफलता हात पार्न सबैभन्दा ठूलो कुरा अनुशासन र दृढ संकल्प हुनुपर्नेमा उनले जोड दिइन् । 

उनले भिन्, ‘जीन्दगीमा उतारचढाव आइ नै रहन्छन्, दुःखको बेला नआत्तिनु, अनुशासनमा रहनुहोला, सफलता अवश्य नै मिल्ने छ ।’ कार्यक्रममा विद्यालयकी प्रिन्सिपल सुमित्रा श्रेष्ठले विद्यार्थीलाई संघर्ष, लगनशिलता र मेहनतको महत्वबारे वुझाउन खेलकुद प्रतियोगिता आयोजना गरिएको बताइन् । खेल हार–जित मात्रै नभई अनुशासन, धैर्यता, संघर्ष र सहकार्यको महत्वपूर्ण सम्मिश्रण रहेको उनले बताइन् ।

null

शुक्रबारबाट सुरु भएको खेलकुद सप्ताह २९ गतेसम्म सञ्चालन हुने व्यवस्थापकीय निर्देशक तेजप्रसाद ताजपुरीयाले जानकारी दिए । प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलले संघर्षबाट खारिएको व्यक्ति हरेक ठाउँमा सफल हुने कुरामा जोड दिए । खेलकुदले स्वस्थ शरीर, सक्षम नागरिक उत्पादन गर्न सघाउने बताए । खेलकुद सप्ताहमा विभिन्न खेलहरूमा प्रतिष्पर्धा हुने जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.