प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.६३ अंकले बढ्यो
काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक तीन अंक बढीले वृद्धि भएको छ। यो समयमा नेप्से परिसूचक ३.६३ अंकले बढेर २७१२.३३ विन्दुमा अडिएको हो।
प्रि ओपन सेसनमा ६२ वटा स्क्रिप्सको ५८ हजार २४८ कित्ता सेयर ४ करोड ३५ लाख २६ हजार ३९४ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २९ वटा स्क्रिप्सको मूल्य बढ्दा २६ वटाको घट्यो। ६ वटा स्क्रिप्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !