मुस्ताङमा स्की प्रशिक्षण र प्रतियोगिता
मुस्ताङ : नेपाल स्की संघले मुस्ताङको बारागाउँ मुक्तिनाथ क्षेत्रमा चार दिने स्की प्रशिक्षण तथा ५ औं राष्ट्रिय प्रतियोगिता आयोजना गरेको छ । स्की संघले बारागाउँ मुक्तिनाथ क्षेत्रमा चौंथो पटक प्रतियोगिता आयोजना गरेको हो ।
सन् २०२२ मा तेस्रो राष्ट्रिय प्रतियोगिता आयोजना गरेपपछि हिउँका कारण तीन वर्ष प्रतियोगिता आयोजना हुन सकेको थिएन । हिजो शनिबार २४ गते सम्पन्न भएको ५औं स्की राष्ट्रिय प्रतियोगितामा ४० जना खेलाडीमध्ये १४ जना पुरुष र १० जना महिला खेलाडी मात्र प्रतियोगिताको लागि योग्य भएका थिए ।
प्रतियोगितामा बिजयी निम्नानुसार छन्
पुरुष सिनियर
१. प्रथम – छेवाङ मिंगुर तामाङ : रसुवा
२. दोश्रो– समिप लामिछानेः झापा
३. तेस्रो –पुन्दरीक पाण्डे :दोलखा
पुरूष जुनियर
१. प्रथम –सामदेन खेल्नु शेर्पा :दोलखा
२. दोश्रो – अर्थ सिं बोहरा –:भक्तपुर
३. केसाड गुरुङ : मुस्ताङ
महिला जुनियर
१ प्रथमः नयना शाक्य– :काठमाडौं
२. दोश्रो – मेनका कुमारी आले : महोत्तरी
३. तेस्रो – आसिया तामाङ : काठमाडौं
महिला सिनियर
१.प्रथम – संगीता लामा : नुवाकोट
२. दोस्रो– आयुशी महर्जन
पुरूष सिनियरमा प्रथम हुने छेवाङ मिंगुर तामाङ नेपालबाट सन् २०२५ मा दक्षिण कोरियामा आयोजना भएको ४ औं विन्टर युथ ओलम्पिक खेलमा सहभागी भइसकेका खेलाडी हुन् भने दोस्रो हुने समिप लामिछाने २०२५ मा चीनमा आयोजना भएको एसियन स्की प्रतियोगिता मा सहभागी भइसकेका खेलाडी हुन् ।
प्रतियोगितामा बिजयी खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठ र संघका उपाध्यक्षहरू शम्भु लामा, अन्जु भट्टराई, कोषाध्यक्ष जीतेन्द्र श्रेष्ठ, बारागाउँका मुखिया ग्याल्जेन गुरूङले प्रदान गरेका थिए ।

उक्त अवसरमा नेपाल ओलम्पिक कमिटी तथा संघका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीलाई बधाई ज्ञापन गर्दै नेपालको हिमाली जिल्लामध्ये स्की खेलका लागि सबैभन्दा उपयुक्त ठाउँ मुस्ताङको मुक्तिनाथ क्षेत्र भएको हुँदा शितकालीन खेलको बिकास र विश्वका शितकालीन खेल खेल्ने खेलाडीको लागि गन्तब्य बनाउन सकिने बताए ।
उनले यो क्षेत्र धार्मिक दृष्टिले पनि निकै प्रख्यात पबित्र भूमि पनि रहेकाले नेपालमा खेल पर्यटनको बिकास गर्न सकिने प्रचुर सम्भावना भएको हुँदा ब्यबस्थित पूर्बाधार बिकासका लागि प्रदेश सरकार र संघीय सरकारले ध्यान दिनुपर्ने बताए । कार्यक्रमको सञ्चालन संघका महासचिव बिजय श्रेष्ठले गरेका थिए । 
प्रतिक्रिया दिनुहोस !