प्रतिनिधिसभा सदस्य निर्वाचन

रौतहट–४ : कांग्रेसलाई बिरासत जोगाउन चुनौती, नयाँलाई अवसर

रौतहट–४ : कांग्रेसलाई बिरासत जोगाउन चुनौती, नयाँलाई अवसर
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

रौतहट : आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर ४ मा नयाँ पुस्ता र पुराना पुस्ताबीच रोचक प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी ३६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छ्न । नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिना,राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल,नेपाली कम्युनिष्ट पार्टीका रामकुमार भट्टराई, नेकपा एमालेका रामजी साह, जनता समाजवादी पार्टीका राजकुमार दास र आमजनता पार्टीका ऋषि धमलाबीच प्रतिस्पर्धा रोचक बन्दै गएको छ । कांग्रेस नेता तिमल्सिना,नेकपाका भट्टराई पुरानै निर्वाचित अनुहार हुन् । 

प्रतिनिधिसभा निर्वाचन २०७४ र ०७९ मा दुई पटक निर्वाचित नेपाली कांग्रेसका नेता देवप्रसाद तिमल्सिनाले पुनः उम्मेदवारी दिएर ‘ह्याट्रिक’गर्ने लक्ष्यका साथ चुनावी मैदानमा छन् भने अन्य उम्मेदवारले पनि टक्कर दिने आकलन अधिवक्ता बिपिन गौतमले बताए ।  

कांग्रेस नेता तिमल्सिना जनसभा तथा भेटघाट कार्यक्रममा विगतका कार्यकालमा सुरू गरिएका पूर्वाधार विकासका योजना सडक,पुल तथा सिंचाइलगायत शिक्षा र स्वास्थ्यका अधुरा काम पूरा गर्ने प्रतिबद्धताका साथ निर्वाचनमा होमिएका छ्न् । आफू निर्वाचित भएपछि जनताकै हितमा काम गरेको र निरन्तर जनताकै दुःख/सुखमा साथ दिएकाले पनि आसन्न निर्वाचनमा जनताले आफूलाई पुन:जिताउने दाबी तिमल्सिनाको छ । 

०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेता तिमल्सिनाले २८ हजार दुई सय ८८ मतले एमालेका नेता डाक्टर बंशीधर मिश्रलाई पराजित गरेका थिए भने  ०७९ मा नेता तिमल्सिनाले ३४ हजार एक सय ६१ मत ल्याइ एमालेका उम्मेदवार उद्धव रेग्मीलाई सात हजार छ सय दुई मतले पराजित गरेका थिए । 

नेकपा एमालेका उम्मेदवार रामजी साहले विकास,स्थिरता र सुशासनको नारा उठाउँदै चुनावी अभियानलाई तीव्रता दिएका छ्न् । उनी सुन-चादी व्यवसायी हुन् । उनले एमालेको ‘बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र’ मूलमन्त्रसहित समृद्धि,सुशासन र सामाजिक न्यायमा केन्द्रित नारासहित चुनाबी प्रचारप्रसार तीव्र पारेका छ्न् । 

त्यस्तै,नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट दोस्रो संविधानसभा सदस्यमा निर्वाचित हाल नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामकुमार भट्टराई पनि चुनावी चर्चाका पात्र हुन् ।  संघीयता, सामाजिक न्याय र समावेशी विकासलाई मुख्य एजेन्डा बनाएका नेता भट्टराईले  मतदातामाझ विश्वास दिलाउने प्रयास जारी राखेका छ्न् । 

नेता भट्टराईले आफ्नो कार्यकालमा एक पुल,एक सडकको अवधारणा अनुरुप साविक चन्द्रनिगाहपुर गाविस ३ र १ जोड्ने चाँदी नदीको पुल र गाविस फन्को मार्ने रिङ रोड निर्माणको थालनी गरेकाले उनको जीत सुनिश्चित रहेको नेकपाका युवा नेता दीपक पौडेल बताउँछन् ।  भट्टराईको मुख्य ऐजेण्डा भनेकै अधुरो योजना पुरा गर्ने प्रतिबद्धताका साथ मत मागेका छ्न् ।

यसैबीच लामो समयदेखि शिक्षा सेवामा समर्पित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले “जनताले चाहेको परिवर्तन”को नारासहित नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै चुनावी अभियानलाई तीव्रता दिएका छ्न । जनचाहनाबमोजिम नै आफू उम्मेदवार बनेको  हुँदा  विजय सुनिश्चित रहेको दाबी गर्दै शिक्षा,स्वास्थ्य र रोजगारीको क्षेत्रमा नवीनतम सुधार ल्याउने प्रतिबद्धता जनाएका छ्न् ।  युवापुस्ताको आकर्षण बनेका नेता पौडेलले रास्वपाका प्रस्तावित प्रधानमन्त्री बालेन्द्र साहको विकास मोडललाई आफ्नो चुनावी नारा बनाएका छ्न् । 

अर्कोतर्फ पत्रकार तथा आम जनता पार्टीका उम्मेदवार ऋषि धमला जनतामाझ मत माग्ने अनैठो,फरक शैलीका कारण चर्चामा छ्न् । जनतासँग प्रत्यक्ष संवाद,हाँस्य–व्यङ्ग्य मिसिएको भाषण,किसानको खेतवारीसम्मै पुग्ने र आत्मीय व्यवहारका साथ मात माग्दै आएका छ्न् । उनी कहिले उखु काट्न पुग्छ्न् त कहिले मिठाई पसलमा जिलेवी पकाउन पुग्छ्न् ।

पुराना दलका उम्मेदवार र नयाँ दलका नयाँ अनुहारबीचको प्रतिस्पर्धाले रौतहट–४ को निर्वाचनलाई रोचक बनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.