भारत लैजाँदै गरिएका तीन बालबालिकाको उद्धार, ६ भारतीय नागरिक पक्राउ

भारत लैजाँदै गरिएका तीन बालबालिकाको उद्धार, ६ भारतीय नागरिक पक्राउ
सुन्नुहोस्

दाङ : बर्दिया मार्ग हुँदै अनधिकृत रूपमा भारत लैजान लागिएका तीन जना नेपाली बालबालिकाको नेपाल प्रहरीले उद्धार गरेको छ। दाङको घोराहीबाट एक जना दाङका र दुई जना रोल्पाका बालबालिकालाई भारतीय नागरिकहरूले बर्दियाको बाटो हुँदै भारत लैजाँदै गरेको अवस्थामा बर्दियाको गुलरिया नगरपालिका–७ भन्सार रोड क्षेत्रबाट प्रहरीले उद्धार गरेको हो।

उद्धार गरिएका बालबालिकामा दाङ चौघेरा पुलवारीका ८ वर्षीय बालक, रोल्पा उपरकोटकी १५ वर्षीया बालिका र रोल्पा खाराकी १३ वर्षीया बालिका रहेका छन्। उनीहरूका परिवार प्रहरीको सम्पर्कमा आइसकेको र समन्वय भइरहेको प्रहरीले बताएको छ।

घटनामा संलग्न भएको आशंकामा भारत उत्तर प्रदेशका ६ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बहराइच जिल्लाका ७४ वर्षीय लेडी महत,उनका ३४ वर्षीय छोरा हिरालाल महत,२६ वर्षीया ज्ञानकुमारी महत, अयोध्या गोलाई गाउँकी ३५ वर्षीया सुनिता महत, बहराइचका २४ वर्षीय भुल्लु महत र १९ वर्षीय मुकेश महत रहेका छन्।

उनीहरूसँग एक काखे बालकसमेत रहेको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू दाङको घोराही बजारमा गमला (फूलका भाँडा) सम्बन्धी काम गर्दै आएको खुलेको छ। बालबालिकालाई भारत कुन प्रयोजनका लागि लैजान खोजिएको हो भन्नेबारे अनुसन्धान भइरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। हाल सम्बन्धित जिल्लामा बालबालिकाका आफन्तसँग समन्वय गर्ने कार्य जारी रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.