भारतीय बन्दरगाहबाट रेल्वे र्‍याक समयमा नआउँदा उद्योगीहरू समस्यामा

भारतीय बन्दरगाहबाट रेल्वे र्‍याक समयमा नआउँदा उद्योगीहरू समस्यामा

वीरगन्ज : भारतका बन्दरगाहबाट रेलमार्ग हुँदै आयात गरिने मालसामानको ढुवानीमा ढिलाइ हुँदा यहाँका आयातकर्ता र उद्योगी व्यपारीहरू मर्कामा परेका छन्। 

भारतको कोलकत्ता, हल्दिया र बिशखापटनम बन्दरगाहबाट रेलमार्गमार्फत आयात हुने मालसामान तिहार यतादेखि सयममै वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहसम्म नआउँदा यसले आफूहरू मर्कामा परेको उनीहरूको गुनासो छ। 

वीरगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष माधव राजपालका अनुसार, कोलकत्ता र हल्दिया बन्दरगाहबाट लोड हुने रेल्वे र्‍याक यसअघि ३ देखि ४ दिनभित्रमा वीरगन्जको सुक्खा बन्दरगाहसम्म आइ पुग्ने गर्थ्यो। त्यस्तै बिशखापटनम बन्दरगाहबाट लोड हुने रेल्वे र्‍याक ५ देखि ७ दिनभित्रमा वीरगन्जको सुक्खा बन्दरगाहमा आइपुग्थ्यो। 

तर, तिहारयतादेखि भने भारतका बन्दरगाहबाट नेपाली मालसामान लोड भएका रेल्वे र्‍याकहरू पहिलेको भन्दा दोब्बर बढी समय बिताएर वीरगन्ज आइपुग्ने गरेको राजपालले बताए। 

उनले भने, ‘तिहारदेखि यता कोलकत्ता र हल्दिया बन्दरगाहबाट लोडभएको रेल्वे र्‍याक वीरगन्ज आइपुग्दा ८ देखि १५ दिनसम्म लाग्ने गरेको छ। यस्तै बिशखापटनम बन्दगरगाहबाट लोड भएका रेल्वे र्‍याकहरूरु वीरगन्ज आइपुग्दा १५ देखि २० दिनसम्म लाग्ने गरेको छ। 

यसले मालसामानको ढुवानी लागत दोब्बरले बढेको उनले बताए। त्यस्तै कच्चा पदार्थहरू समयमा नआइपुग्दा यहाँ रहेका उद्योगहरको उत्पादनमा पनि असर परिरहेको राजपालले बताए। उनले भने, ‘कच्चा पदार्थहरू समयमा नआइपुग्दा  उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। उत्पादन लागत पनि बढ्न थालेको छ। उद्योगले उत्पादनहरू बजारमा समयमा आपूर्ति पनि गर्न सकेका छैनन्।’ 

भारतीय बन्दरगाहबाट लोड भएका नेपाली सामानका रेल्वे र्‍याकहरू वीरगन्जमा समयमा नआउने समस्या विगत तीन महिनादेखि निरन्तर भइरहेको संघका अध्यक्ष हरि गौतमले बताए। यो समस्याका बारेमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटी माघ २२ गते वीरगन्ज आएका बेला ध्यानाकर्षण पनि गराइसकेको अध्यक्ष गौतमले बताए। उनकै आग्रहमा मंगलबार संघले मन्त्रालयमा पत्रचार गरेर पनि यो समस्याका बारेमा ध्यानाकर्षण गराएको अध्यक्ष गौतमले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.