पूर्वराजालाई स्वागत गर्न विमानस्थलमा राजावादी, सुरक्षा व्यवस्था कडा (फोटो फिचर)

पूर्वराजालाई स्वागत गर्न विमानस्थलमा राजावादी, सुरक्षा व्यवस्था कडा (फोटो फिचर)
तस्वीर : सुनिता डंगोल
सुन्नुहोस्

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंसहितका समर्थक विमानस्थल पुगेका छन् । उनीहरू अहिले विभिन्न नारासहित पूर्वराजा शाहको स्वागतमा बसेका छन् ।

nullप्रसाई समर्थकहरूलाई विमानस्थल बाहिर राखेर भित्र प्रवेश गरेका छन् । राप्रपालगायत राजवादीहरूले उनको स्वागतको तयारी गरिरहेका छन् ।
त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवास लग्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

nullत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्मै कडा सुरक्षा व्यवस्था बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

nullअहिले काठमाडौंका चोक–चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । पूर्वराजा शाह झापाबाट हेलिकप्टरमा काठमाडौं आइरहेका छन्। स्थानीय प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा समेत लगाएको छ ।

nullnullnull


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.