एक अर्ब लागतमा चीनले बनायो सीमा क्षेत्रका दुई विद्यालय

एक अर्ब लागतमा चीनले बनायो सीमा क्षेत्रका दुई विद्यालय
सुन्नुहोस्

सिन्धुपाल्चोक : नेपाल–चीनको सीमा क्षेत्रमा रहेको सिन्धुपाल्चोकको दुई विद्यालय पुनर्निर्माण गरिएको छ । भोटेकोशी गाउँपालिका– १ लिस्तीमा रहेको उग्रचण्डी माध्यमिक विद्यालय र बाह्रबिसे नगरपालिका-२ बुदेपामा रहेको सुनकोशी माध्यमिक विद्यालयको भवन चीनको सहयोगमा पुनर्निर्माण सम्पन्न गरिएको हो ।

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले दुबै विद्यालयका भवन ध्वस्त भएका थिए । चीनको एजेन्सी फर इन्टरनेसनल इकोनोमिक कोअपरेसन अफ द मिनिस्ट्री अफ कमर्सले उक्त विद्यालय भवन बनाउन ६.९५ मिलियन अमेरिकी डलर अर्थात् नेपाली एक अर्ब रुपैयाँ लगानी गरेको छ । 

चाइना रेलवे फर्स्ट ग्रुप कम्पनी लिमिटेडले निर्माण सम्पन्न गरेको सो विद्यालय भवनहरू सन् २०२२ को डिसेम्बर ८ बाट सुरु गरिएको थियो । भौगोलिक र विभिन्न प्राकृतिक  विपत्तिसँग जुधेर तीन वर्षको समयमा सन् २०२५ को डिसेम्बर ३१ मा पुनर्निर्माण सम्पन्न गरिएको चिनियाँ प्रोजेक्ट म्यानेजर मिस्टर लिउ चाओले जानकारी दिए । ‘बाह्रबिसेदेखि लिस्तीसम्मको जीर्ण सडक र प्रतिकूल मौसमबीच पनि समयमै निर्माण सम्पन्न गरेका छौं,’ चाओले भने, ‘यही फेब्रुअरीमा नेपाल सरकारको शिक्षा मन्त्रालयलाई भवन हस्तान्तरण गर्छाैँ ।’

null

उग्रचण्डी माविका लागि १२ वटा फराकिला कक्षाकोठा, छुट्टै छात्रावास, क्यान्टिन, खेल्ने मैदान,  वाल र गेटसहितको कम्पाउन्ड तयार पारिएको छ । जहाँ ३५० विद्यार्थी अध्ययन गर्छन् । लिस्ती हिमाली क्षेत्र भएकाले टाढाबाट पढ्न आउने बालबालिका छात्रावासमा बस्ने जनाइएको छ । यो विद्यालय दुई हजार १ सय २६ वर्गमिटरसम्म फैलिएको छ । लिस्ती जस्तो विकट हिमाली बस्तीका बालबालिकालाई पढ्न र बस्न चीन सरकारले निर्माण गरेको विद्यालयबाट स्थानीय बालबालिकालाई धेरै लाभ मिल्ने भोटेकोशी गाउँपालिका– १ का वडा अध्यक्ष साङ्बु लामा बताउँछन् ।

भवन निर्माण सम्पन्न भएसँगै आगामी शैक्षिक सत्रबाट विद्यालयलाई कसरी आवासीय विद्यालयको रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा स्थानीय जनप्रतिनिधि, पालिकाभरका प्रधानाध्यापकहरुसँग छलफल भईरहेको विद्यालयका प्रधानाध्यापक कृष्ण तिमल्सिनाले बताए ।

त्यसैगरी, सुनकोशी माविका लागि दुई हजार चार सय ५५ वर्गमिटर क्षेत्रफलमा भवन निर्माण गरिएको छ । जहाँ १३ वटा कक्षाकोठा छन् । कोठाहरू बालबालिकामैत्री र फराकिला छन् । यहाँ चार सय विद्यार्थी छन् । छात्रावास, क्यान्टिन, प्लेग्राउन्ड र वाल र गेटसहितको कम्पाउन्ड निर्माण भएका छन्। विद्यालय भवन निर्माणका लागि २६ चिनियाँ तीन वर्षदेखि लिस्ती र बाह्रबिसे बस्दै आएका छन् । 

विद्यालय भवन निमार्ण गर्दा ५० प्रतिशत निर्माण सामग्री चीनबाट ल्याइएको हो । सिमेन्ट, बालुवा, खाद्यान्न र काठपात नेपालमै खरिद गरिएको निर्माण कम्पनीले जनाएको छ । निर्माणमा २१० नेपाली तीन वर्षदेखि संलग्न छन् । निर्माणमा खटिएका नेपाली कामदारलाई समयमै उचित पारिश्रमिक दिने गरिएको छ । हस्तान्तरणपछि सीमाका झण्डै आठ सय बालबालिका सुविधासम्पन्न भवनमा बसेर अध्ययन गर्नेछन् । विद्यालय भवन पुनर्निर्माण भएसँगै विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गरिने बाह्रविसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.