शिवरात्रिको पूर्वसन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (फोटो फिचर)
काठमाडौं : पशुपति मन्दिर परिसरमा हिन्दू धर्मावलम्बीहरूको मुख्य पर्व महाशिवरात्रिको तयारी पूरा भएको छ। आइतबार मनाइने महाशिवरात्रिका अवसरमा भक्तजनलाई सहज रूपमा मन्दिर दर्शनका लागि पशुपति क्षेत्र विकास कोषले आवश्यक तयारी गरेको हो।
कोषले महाशिवरात्रि पर्वका लागि भक्तजनलाई कुनै कमी हुन नदिने जनाएको छ। शिवरात्रिको लागि साधुसन्तहरू पशुपति मन्दिर परिसर आइसकेका छन्। यसरी आउने साधुसन्तलाई शिवरात्रि सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने प्रचलन छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वमा शिवालयहरूमा भक्तजनको भीड लाग्ने गर्छ। यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।
तस्बिरहरू : अभिषेक महर्जन
प्रतिक्रिया दिनुहोस !