मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु
रौतहट : रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान श्रीमतीको मृत्यु भएको छ । दुर्गा भगवती गाउँपालिका -४ स्थित गौर गङ्गापिप्रा सडक खण्डको झाँझपुल नजिकै गंगा पिप्राबाट गौरतर्फ जाँदै गरेको बि आर ३० यु १३७१ ( BR 30 U 1371) नम्बरको मोटरसाइकल अनियन्त्रित भई सिसौंको रुखमा ठोकिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
मृत्यु हुनेहरूमा मोटरसाइकल चालक रौतहटको यमुनामाई गाउँपालिका ४ सरुअठ्ठाका २४ वर्षीय जितेन्द्र साह र उनकी २२ वर्षीया श्रीमती पुनम देबि साह रहेकी छिन् । दुबै जनाको टाउको, मुख र शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर भएपछि उपचारको लागि अस्पताल लगिएकोमा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !