प्रतिनिधि सभा निर्वाचन - २०८२

९२ वर्षीय कम्युनिष्ट नेता मोहन विक्रम सिंहको चुनावी सक्रियता

९२ वर्षीय कम्युनिष्ट नेता मोहन विक्रम सिंहको चुनावी सक्रियता

प्युठान : ९२ वर्षको उमेरमा पनि मोहन विक्रम सिंह चुनावी प्रचार प्रसारमा व्यस्त छन्। उनले नेतृत्व गरेको नेकपा (मसाल) आफ्नो चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाको नामबाट चुनावमा होमिएको छ । आफ्ना उम्मेदवारहरूको प्रचारमा महामन्त्री सिंह सक्रिय छन् ।

पञ्चायतकालमा प्रतिबन्धित अवस्थामा पनि भूमिगत रूपमा पार्टी सञ्चालन गरेका सिंह चार दशकभन्दा बढी समयदेखि नेतृत्वमा छन्।

२०४६ सालपछि बहुदलीय व्यवस्था आए पनि उनले पार्टी र आफूलाई अर्ध–भूमिगत रूपमै राखेका थिए। यसबीचमा उनले नेतृत्व गरेको पार्टी टुटफुट हुँदै विभिन्न धारमा विभक्त भयो । तर गत साउनमा बसेको केन्द्रीय समिति बैठकले पार्टीलाई खुला रूपमा अघि बढाउने र सिंहलाई पनि खुला गर्ने निर्णय गरेपछि उनको प्रत्यक्ष चुनावी सक्रियता बढेको हो।

विगतका निर्वाचनमा प्रत्यक्ष रूपमा मत माग्न कमै देखिने सिंह अहिले मतदातासँग भेटघाट र चुनावी सभामा सक्रिय छन्। प्युठानको दौडधूपपछि उनी अहिले बाग्लुङमा चुनावी कार्यक्रममा व्यस्त छन्।

बाग्लुङमा राष्ट्रिय जनमोर्चाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँग तालमेल गरेको छ। यहाँबाट पटक–पटक निर्वाचित भएका चित्रबहादुर केसी यसपटक प्रत्यक्ष उम्मेदवार नभई समानुपातिक बन्दसूचीको पहिलो नम्बरमा छन्।

बाग्लुङमा पार्टीले कृष्णप्रसाद अधिकारीलाई उम्मेदवार बनाएको छ, जसलाई माओवादी केन्द्रले समर्थन गरेको छ। उनी विद्यार्थी संगठनमा सक्रिय हुँदै राजनीतिमा होमिदै पार्टीको नेतृत्व तहमा रहेर भुमिका निर्वाह गरेका नेता हुन । 

प्युठानमा भने पार्टीले तिलकबहादुर जिसी लाई उम्मेदवार बनाएको छ। २०७० मा समानुपातिक सांसद बनेकी दुर्गा पौडेल २०७४ मा वाम गठबन्धनबाट उम्मेदवार बनेकी थिइन् र २०७९ मा पाँचदलीय गठबन्धनबाट उठ्दा पराजित भइन्। पटक-पटक श्रीमतीलाई उम्मेदवार बनाएको भन्दै सिंहको आलोचना समेत भएको थियो।

राष्ट्रिय जनमोर्चाले गणतन्त्रपूर्ण रूपमा संस्थागत नभएको र संघीयता नेपालका लागि आवश्यक नरहेको धारणा अघि सार्दै आएको छ। साथै, सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी लाई अमेरिकाबाट परिचालित भएको आरोप लगाउँदै राजनीतिक स्थायित्वको आवश्यकता औंल्याउँदै आएका छन्।

उमेरले विश्राम लिनुपर्ने समयमा पनि देश, राजनीति र विचारप्रति उनको निरन्तर सक्रियता धेरैका लागि प्रेरणाको स्रोत बनेको प्रगतिशिल पत्रकार संघ प्युठानका उपाध्यक्ष जुसमानसिंह केसीको भनाई छ । ‘सादगी जीवनशैली, अध्ययन गर्ने बानी र राजनीतिक क्रियाशिल साँच्चिकै उदाहरणीय छ’ ,उनले भने, ‘यो उमेरमा समेत देशको भविष्य प्रति चिन्ता गर्ने उनको बानीले पार्टीका नेता कार्यकर्तालाई ऊर्जा मिल्ने गरेको छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.