जेलेन्सीको आरोप : पुटिन ‘युद्धका दास’ हुन्

जेलेन्सीको आरोप : पुटिन ‘युद्धका दास’ हुन्
फाइल फोटो
सुन्नुहोस्

काठमाडौं : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ‘युद्धको दास’ भएको आरोप लगाएका छन् । जर्मनीमा म्युनिख सुरक्षा सम्मेलनमा क्रममा जेलेन्स्कीले पुटिनविरुद्ध आक्रोश व्यक्त गरेका हुन् । उनले संयुक्त राज्य अमेरिकाले शान्ति वार्ताका क्रममा ‘धेरैजसो’ युक्रेनलाई मात्रै दबाब दिने गरेको र रुसमाथि पर्याप्त दबाब नदिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले आगामी हप्ता अमेरिकाको मध्यस्थतामा रुससँग हुने शान्ति वार्ता सफल होस् भन्ने आशा व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् १९४५ पछिको युरोपको सबैभन्दा ठूलो युद्ध अन्त्य गर्न सम्झौता गराउने प्रयास गरिरहेका छन् ।

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धबारे अमेरिकाको मध्यस्थतामा अबुधाबी, संयुक्त अरब इमिरेट्समा दुई चरणका वार्ता भइसकेका छन् । ती वार्तालाई ‘रचनात्मक’ भनिए पनि ठोस उपलब्धि हुन सकेको छैन । यसै साता जेनेभा, स्विट्जरल्याण्डमा तीन पक्षीय वार्ता पुनः हुने तय भएको छ ।

 

जेलेन्स्कीले भने, ‘हामी आशा गर्छौं कि मंगलबार र बुधबार जेनेभामा हुने वार्ता गम्भीर, सार्थक र सबैका लागि उपयोगी हुनेछ ।’ तर उनले थपे, ‘इमानदारीपूर्वक भन्नुपर्दा कहिलेकाहीँ पक्षहरू बिल्कुल फरक–फरक विषयमा कुरा गरिरहेका जस्तो लाग्छ ।’
 

जेलेन्स्कीले युरोपेली देशहरूलाई पनि वार्तामा सहभागी गराउनु पर्ने बताएका छन् । ‘युरोप वार्ताको टेबलमा लगभग उपस्थित छैन । मेरो विचारमा यो ठूलो गल्ती हो’, उनले भने । उनले जोड दिए, ‘शान्ति स्पष्ट सुरक्षा ग्यारेन्टीको आधारमा मात्र सम्भव छ । जहाँ स्पष्ट सुरक्षा व्यवस्था हुँदैन, त्यहाँ युद्ध फेरि फर्किन्छ ।’

वार्तामा सबैभन्दा विवादास्पद विषयमध्ये एक रुसको माग हो–डोनेत्स्क क्षेत्रका बाँकी भागबाट युक्रेनी सेना पूर्णरूपमा फिर्ता हुनुपर्छ । युक्रेनले एकतर्फी फिर्ता अस्वीकार गरेको छ र युद्धविराम भए पनि भविष्यमा रुसले फेरि आक्रमण नगर्ने सुनिश्चित गर्न पश्चिमी देशहरूबाट सुरक्षा ग्यारेन्टी मागेको छ ।
जेलेन्स्कीले अमेरिकाले युद्धपछि १५ वर्षको सुरक्षा ग्यारेन्टी प्रस्ताव गरेको छ, तर युक्रेनले २० वर्ष वा त्योभन्दा लामो अवधिको माग गरेको बताए । उनले भने, ‘रुसी राष्ट्रपति पुटिन युक्रेनमा विदेशी सेना तैनाथ गर्ने प्रस्तावको विपक्षमा छन्, किनकि त्यसले भविष्यमा रुसको सम्भावित आक्रमणलाई रोक्न सक्छ ।’

जेलेन्स्कीले रुसले युद्धविराम निगरानी मिसन र युद्धबन्दी आदान–प्रदान स्वीकार गर्नुपर्ने बताए । उनका अनुसार हाल रुससँग करिब ७,००० युक्रेनी सैनिक छन् भने युक्रेनसँग ४,००० भन्दा बढी रुसी सैनिक छन् । उनले ट्रम्पबाट ‘अलिकति’ दबाब महसुस गरेको पनि स्वीकार गरे ।

ट्रम्पले उनलाई शान्तिको ‘अवसर’ नछुटाउन र ‘छिटो अघि बढ्न’ आग्रह गरेका थिए । आफ्नो मुख्य भाषणमा जेलेन्स्कीले पुटिनलाई ‘युद्धको दास’ भन्दै आलोचना गरे । उनले सन् १९३८ को म्युनिख सम्झौतासँग वर्तमान अवस्थाको तुलना गर्दै चेतावनी दिए कि ‘युक्रेनलाई विभाजन गरेर यो युद्ध भरपर्दो रूपमा अन्त्य हुन्छ भन्ने विश्वास गर्नु भ्रम मात्र हुनेछ, जस्तै चेकोस्लोभाकियालाई बलिदान गर्दा युरोप ठूलो युद्धबाट बच्नेछ भन्ने विश्वास पनि भ्रम थियो ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.