बंगलादेशको निर्वाचन परिणाम : युवाको अपेक्षा अधुरै, आशा अझै बाँकी

बंगलादेशको निर्वाचन परिणाम : युवाको अपेक्षा अधुरै, आशा अझै बाँकी
सुन्नुहोस्

बंगलादेश : गत साता सम्पन्न बंगलादेशको ऐतिहासिक निर्वाचन २०२४ मा जेन–जेड नेतृत्वको जनआन्दोलनपछि गरिएको थियो । तर उक्त आन्दोलनबाट जन्मिएको युवा प्रधान राष्ट्रिय नागरिक पार्टी (एनसीपी) ले २९७ मध्ये केवल ६ संसदीय सिट मात्र जित्न सफल भयो ।

शनिबार घोषणा गरिएको आधिकारिक नतिजाअनुसार मतदाताहरूले लामो समयदेखि स्थापित बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) लाई स्पष्ट समर्थन दिएका छन् । बीएनपीले जमात–ए–इस्लामी नेतृत्वको गठबन्धनलाई पराजित गर्‍यो, जसमा एनसीपी प्रमुख साझेदार थियो ।

बीएनपीका नेता तारिक रहमान, जसको पार्टीले यसअघि तीन पटक शासन गरिसकेको छ (सबैभन्दा पछिल्लो २००१–२००६), देशको इतिहासकै महत्वपूर्ण निर्वाचनपछि प्रधानमन्त्री बन्ने तयारीमा छन् । पहिलो पटक मतदान गरेका धेरै युवा बंगलादेशीहरूले निर्वाचनलाई ऐतिहासिक भने पनि परिणाम आफ्ना अपेक्षाअनुसार नभएको बताएका छन् ।

विद्यार्थी अफसाना होसैन हिमिले भनिन्, ‘हामी जेन–जेड पुस्ताले यति धेरै बलिदान दिए पनि अपेक्षित प्रतिनिधित्व पाएनौं । तर पनि हामी धेरै आशावादी छौं । हाम्रो पुस्ताका प्रतिनिधि छन् र हामी आशा गर्छौ उनीहरूले राम्रो काम गर्नेछन् ।’ धेरै युवाहरूको धारणा थियो कि एनसीपीले निर्वाचनअघि पर्याप्त समर्थन आधार तयार गर्न सकेन ।

२३ वर्षीय विद्यार्थी सोहानुर रहमानले भने, ‘२०२४ को आन्दोलनपछि जनताले राखेको आशा र सपना अनुसार एनसीपी अघि बढ्न सकेन । जमातसँगको सहकार्यले हामी जस्ता धेरै युवालाई निराश बनायो, त्यसैले हामीले समर्थन गरेनौं ।’ एनसीपीका प्रवक्ता आसिफ महमुदले पार्टीले प्रतिपक्षमा बसेर पुनर्गठन गर्ने र आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनमा ध्यान केन्द्रित गर्ने बताएका छन् ।

‘नयाँ सुरुवात’
१७ करोड बढी जनसंख्या भएको बंगलादेशमा विश्वकै सबैभन्दा युवा जनसंख्यामध्ये एक रहेको छ । करिब ४४ प्रतिशत मतदाता (५६ मिलियन) १८ देखि ३७ वर्ष उमेर समूहका छन् । निर्वाचनको नतिजालाई २०२४ को आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतापछि स्थायित्व फर्काउने अवसरका रूपमा हेरिएको छ । उक्त आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हटाएको थियो । संयुक्त राष्ट्रसंघका अनुसार सुरक्षाकर्मीहरूले १,४०० भन्दा बढी मानिसको हत्या गरेका थिए । हसिना हाल नयाँ दिल्लीमा निर्वासनमा बसिरहेकी छन् र दमनको आरोपमा अनुपस्थितिमै मृत्युदण्ड सुनाइएको छ ।
 

तारिक रहमानले शान्ति, व्यवस्था र विधिको शासनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘कुनै पनि अवैध गतिविधि सह्य हुने छैन । शक्तिशालीले कमजोरमाथि आक्रमण गर्ने कुरा स्वीकार्य हुने छैन । न्याय नै हाम्रो मार्गदर्शक सिद्धान्त हुनेछ ।’
 

जहाँगीरनगर विश्वविद्यालयका एक प्राध्यापकका अनुसार जमात–एनसीपी गठबन्धनले नयाँ राजनीतिक वर्गको अपेक्षा गरेका युवालाई टाढा बनायो र यसले बीएनपीलाई बलियो बनायो । तर विद्यार्थी फरहान उल्लाशका लागि भने यो निर्वाचन विगतबाट छुटकारा पाउने अवसर जस्तै थियो । ‘यो निर्वाचन हाम्रो लागि सपना जस्तै थियो, बंगलादेशका लागि नयाँ सुरुवात । आशा छ, नयाँ सरकारले हाम्रो आवाज सुन्नेछ’, उनले भने । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.