तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

काठमाडौं : बंगलादेशमा ऐतिहासिक राजनीतिक परिवर्तनसँगै तारिक रहमानले मंगलबार नयाँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन्। बंगलादेश नेशनल पार्टी (बीएनपी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री स्वर्गीय खालिदा जियाका छोरा तारिक रहमान बंगलादेशका ११औं प्रधानमन्त्री बनेका हुन्।

ढाकास्थित संसद भवनको साउथ प्लाजामा अपराह्न ४ बजे आयोजित समारोहमा राष्ट्रपति मोहम्मद शहाबुद्दीनले तारिक रहमानलाई शपथ गराए। सो अवसरमा नयाँ मन्त्रिपरिषद्‌का सदस्यहरूले पनि शपथ लिएका छन्। आम निर्वाचनमा शानदार जित हात पार्दै तारिक रहमानले अन्तरिम सरकारका प्रमुख मोहम्मद युनूसको स्थान सम्हालेका हुन्।
तारिकको क्याबिनेटमा डा. खलीलुर रहमान (परराष्ट्र), सलाहुद्दीन अहमद (गृह), डा. अमीर खसरू महमूद (अर्थ तथा योजना) र शमा ओबैद (परराष्ट्र राज्यमन्त्री) बनेका छन्।

शपथ ग्रहण समारोहमा विभिन्न देशका प्रतिनिधिहरूको उपस्थिति थियो। शपथअघि बिहान ११:३० बजे बसेको संसदीय दलको बैठकले औपचारिक रूपमा तारिक रहमानलाई संसदीय दलको नेता चयन गरेको थियो। उनले विपक्षी दलका नेताहरूसँग पनि भेटवार्ता गरेका छन्।

हालै सम्पन्न निर्वाचनमा बीएनपीले २९७ सिटमध्ये २०९ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ। जमात-ए-इस्लामी ६८ सिटमा सीमित भएको छ। यस निर्वाचनमा शेख हसीनाको अवामी लीगलाई प्रतिस्पर्धा गर्न अनुमति दिइएको थिएन। १२ फेब्रुअरीमा भएको मतदानपछि अल्पसंख्यक समुदायबाट चार जना सांसद निर्वाचित भएका छन्, जसमा दुई जना हिन्दू समुदायका बीएनपी उम्मेदवार रहेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.