अवरुद्ध अरनिको राजमार्ग सूचारु
काठमाडौं : बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको अरनिको राजमार्ग सुचारु भएको छ।
बुधबार बिहान टिपरको ठक्करबाट स्कुटर चालक धुलिखेल- ५ का ओमन प्रधानको मृत्यु भएको थियाे।
उनको मृत्युपछि आक्रोशित आफन्तहरुले टिपरमा आजगजी गरेपछि बनेपा क्षेत्र केही समय तनावग्रस्त बनेको थियो। जसका कारण अरनिको राजमार्ग अवरुद्ध भएको हाे।
प्रतिक्रिया दिनुहोस !