निर्वाचनमा वन्यजन्तुको ‘थ्रेट’

निर्वाचनमा वन्यजन्तुको ‘थ्रेट’

गुलरिया : आसन्न फागुन २१ गते हुने निर्वाचनमा बर्दियामा वन्यजन्तुको ‘थ्रेट’ थप चुनौतीको रुपमा देखिएको छ । कतिपय मतदान केन्द्रहरु बर्दिया राष्ट्रिय निकुञ्ज, जैविक मार्ग, सामुदायिक वन एवं त्यसका मध्यवर्ती क्षेत्रहरु लगायत आसपासका वन जंगलहरुको नजिकै पर्ने भएकाले बाघ, हात्ती, गैडा लगायतका वन्यजन्तुहरु निर्वाचनमा थ्रेटको रुपमा देखिएको छ ।

दुई वटा निर्वाचन क्षेत्र रहेको बर्दियाको १५४ मतदानस्थलमध्ये ३९ वटा मतदानस्थलहरु संवेदनशील रहेको तथा ११५ वटा मतदानस्थल सामान्य रहेको बर्दिया जिल्लाका निर्वाचन अधिकारी लालबहादुर मल्लले बताए । 

सीमा क्षेत्र, जंगल क्षेत्र आसपासका मतदानस्थलहरु संवेदनशील घोषणा गरिएको छ । संवेदन पहिचान गरिएका मतदानस्थलहरुमा सुरक्षा ब्यवस्थाको प्रबन्ध गरिएको उनले बताए ।  बर्दिया क्षेत्र नम्बर १ मा १ लाख ६१ हजार ४७३ र क्षेत्र नम्बर २ मा १ लाख ६१ हजार ७९३ गरी कुल ३ लाख २३ हजार २६६ मतदाता छन् । सोही संख्या अनुसार १ सय ५४ मतदान स्थल र ३ सय ८७ वटा मतदान केन्द्र कायम भएको उनको भनाई छ । 

बर्दिया क्षेत्र नम्बर १ मा २४ वटा र क्षेत्र नम्बर २ मा १५ वटा गरी कुल ३९ वटा मतदानस्थल संवेदनशील पहिचान गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए । बर्दियामा अन्य चुनौती नभए पनि वन्यजन्तु तथा सीमाको थ्रेट, धार्मिक कलह मुख्य चुनौतीका रुपमा देखिन्छ । उनले भने निर्वाचनलाई चुस्त दुरुस्त, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न ब्यापक सुरक्षाकर्मी परिचालन हुन्छ ।

झण्डै ४ सय भन्दा बढी नेपाली सेना, २ हजार जनपद प्रहरी, ७ सय सशस्त्र प्रहरी र २ हजार २५ जना निर्वाचन प्रहरी गरी कुल ५ हजार १२५ भन्दा बढी सुरक्षाकर्मी परिचालन हुन्छ । सामान्य अवस्थामा हामीले यही सुरक्षाकर्मी परिचालन गर्छौ । सुरक्षा चुनौती थपिए सुरक्षाकर्मी थप्ने उनको भनाई छ । निर्वाचनलाई सफल बनाउन स्थानिय सबैले भूमिका गर्नुपर्छ । हमालले थपे, ‘निर्वाचनकै बीचमा होली पर्व पर्ने भएकाले आचारसंहिता कार्यान्वयमा चुनौती महसुस गरेका छौं ।’

जिल्लाका दलहरुमा सौहार्दता त छ । पर्वका कारण शान्ति खलल हुन्छ कि भन्नेमा हामी सतर्क छौं । जिल्लामा नयाँ दल, पुरानो दल भन्ने भाष्य निर्माण भएको तथा एक दल छाडेर अन्य दलमा जाने प्रबृत्तिले दलहरुबीच द्वन्दात्मक अवस्था आउनेतर्फ सुरक्षा निकाय सचेत रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले बताए । पुरानो हिस्ट्री, हालको राजनीतिक परिवेश लगायत अन्य मापदण्डका आधारमा मतदानस्थल संवेदनशीलता निर्धारण भएको उनले स्मरण गराए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.