मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन ठप्प

मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन ठप्प
सुन्नुहोस्

गोरखा : ७३ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत केन्द्रबाट अहिले विद्युत उत्पादन ठप्प भएको छ । गत फागुन २ गतेदेखि २२ दिनसम्मका लागि विद्युत उत्पादन बन्द गरिएको केन्द्रका कर्मचारी शैलेन्द्र भट्टले जानकारी दिए । 

null

बाँध, सुरुङ, पावरहाउस लगायतका संरचना मर्मत सम्भार गर्नु परेकाले २२ दिनसम्म उत्पादन बन्द गरिएको भट्टले जानकारी दिए । ‘बाँधमा बालुवा थुप्रिएर सफा गर्नुपर्ने भएको थियो । गेट पनि धन्नै भत्किने अवस्थामा पुगिसकेको थियो । सुरुङ र अन्य संरचनाहरुको पनि ठाउँ–ठाउँमा मर्मत सम्भार गर्नुपर्ने भएको थियो’, भट्टले भने, ‘त्यसैले पूर्व सूचना दिएर आउँदो २२ गतेसम्म उत्पादन बन्द गरिएको छ। धमाधम मर्मत कार्य भइरहेको छ ।’

null

आउँदो चुनावको भोलिपल्ट अर्थात फागुन २२ गतेबाट सो आयोजनाको विद्युत उत्पादन सुचारु गर्ने उनले बताए । २०४२ सालदेखि सञ्चालन गरिएको मर्स्याङ्दी जलविद्युत आयोजनाबाट ७३ मेगावाट विद्युत उत्पादन हुन्छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.