पर्सा- ३ बाट उम्मेदवार बनेका युवा उद्यमी रुपेश पाण्डे भन्छन् : संसद्‍मा भुइँमान्छेका आवाज बन्नेछु, मत दिनुहोस्

पर्सा- ३ बाट उम्मेदवार बनेका युवा उद्यमी रुपेश पाण्डे भन्छन् : संसद्‍मा भुइँमान्छेका आवाज बन्नेछु, मत दिनुहोस्
सुन्नुहोस्

वीरगन्ज : पर्सामा चार क्षेत्रमध्ये २ वटा क्षेत्रमा नेकपा एमालेले नयाँ अनुहारलाई फागुन २१ को निर्वाचनका लागि चुनावी मैदानमा उतारेको छ। तीमध्ये एक हुन् युवा उद्यमी रुपेश पाण्डे। ४९ वर्षीय  पाण्डे पर्सा क्षेत्र नम्बर ३ मा एमालेका तर्फबाट उम्मेदवार बनेका हुन्। 

बुबा बृजमोहन पाण्डे सक्रिय राजनीतिमै लागेर २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट पकहाँ मन्पुर गाँउपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा निर्वाचित भएका थिए। रुपेशको परिवार पहिलेदेखि नै राजनीतिमा सक्रिय रहेको छ। तर, पाण्डे राजनीतिमा त्यति ध्यान दिइरहेका थिएनन्।

काठमाडौंस्थित आरपी ग्रुप अफका प्रबन्ध निर्देशक पाण्डे दर्जनौं अन्तर्राष्ट्रिय ब्रान्डका कपडा, जुत्ता र एक्सेसरीज नेपाल भित्र्याउने कारोबारमा जमेर बसेका थिए। तर यसअघिका दुई निर्वाचनबाट पर्सा क्षेत्र नम्बर ३ बाट सांसदमा निर्वाचित भएका दुवै सांसद भ्रष्टाचारको आरोपमा मुछिएर कार्यकाल पूरा गर्न नपाएपछि त्यो क्षेत्रका जनता निराश थिए। जसका कारण क्षेत्रको विकासले गति लिन सकेन। बेलाबेलामा काठमाडौंबाट आफ्नो पुर्ख्यौली गाँउघर आउँदा रुपेशले जनतामा नैराश्यता देखे। कारण– विकास निर्माणका कामहरु लथालिङ्ग थिए। समस्यामा पर्दा कहाँ गएर सुनाउने भरपर्दा र जनताका माझमा रहिरहने आफ्नो जनप्रतिनिधि थिएनन्। 

यो सबै देखेर पाण्डेलाई राजनीतिमा छिरेर जनताको सेवा गर्ने हुटहुटी जाग्यो। अनि उनी काठमाडौंको कारोबारलाई कम र पुर्ख्यौली गाउँको बसाईलाई बढी समय दिन थाले। क्षेत्रका गाउँगाउँमा डुलेर त्यहाँका भुँइ तहका समस्याहरू बुझ्ने कोसिस गर्न थाले। जुन गाउँमा उनी पुग्थे त्यहाँका भुँइतहका नागरिकसँग संवाद गरेर त्यहाँका समस्याहरु डायरीमा टिपोट गर्थो। जति जति उनि गाँउ डुलेर नागरिकका दुख पीडासँग बुझ्दै गए, बेथितिसँग जानकारी हुँदै गए। त्यति त्यति राजनीतिप्रति उनको लगाव बढ्दै गयो र अन्नत उनले पर्सा–३ मै सांसदको चुनाव लड्ने तयारी गरे।

चुनाव लड्ने निर्णयमा त पुगे तर दल कुन रोज्ने भन्नेमा उनी अन्योलमै थिए। जेनजी आन्दोलनपछि फागुन २१ को निर्वाचनको मिति घोषणा भएपछि पर्सा–३ का जनतामाझ भिजेको देखेर रुपेशलाई विभिन्न दलबाट प्रस्ताव आउन थाल्यो। तर उनले हतार गरेनन्। 

माघ ६ को मनोनयन दर्ता अघिसम्म उनी उम्मेदवार बन्ने निश्चितप्राय थियो तर कुन दलको भन्ने चाहि अझै टुंगिसकेको थिएन। माघ ४ मा मात्रै रुपेशले एमालेलाई रोज्ने निर्णय गरे र भक्तपुर निवासमा पुगेर केपी ओलीबाट पर्सा–३ को टिकट लिए।  माघ ६ को मनोनय सकाए लगत्तै पर्सा–३ को चुनावी प्रचारमा होमिएका रुपेशको दैनिकी क्षेत्रका मतदाताको घरदैलोमा व्यस्त छ। दिनहुँ चुनाव लक्षित पार्टीका कार्यक्रममापनि सहभागी भइरहेका छन्। क्षेत्रका अगुवा कार्यकर्तासँग निरन्तर भेटिरहेका छन्। 

मतदातासँगको भेटमा उनीहरूबाट आइरहेको प्रतिक्रियाले आफू उत्साहित भएको रुपेश बताउँछन्। ‘हिजो कस्ले जितेर के गर्यो के गरेन ? त्यसको पछि म लाग्दिन। न त जनतासामु मैले भाषण गरेर ठूला ठूला आश्वासन नै दिन्छु। भुँइमान्छेका भुँइतहका समस्या नै मेरो प्राथमिकतामा रहने गरेको छ। म जितेर गएपछि तीनै समस्याहरू मेरो प्राथमिकतामा रहनेछन्।’ पाण्डेले भने, ‘यो क्षेत्र र यहाँका जनता वर्षौदेखि ठगिएका छन्। अनेक नारा, आश्वासन र वाचा गरेर यहाँका जनतालाई झुक्याउने मात्र काम हुँदै आएको छ। अब फेरि उनीहरूलाई कसैले त्यस्तै आश्वासन र वाचामा भुलाएर ठग्ने काम गर्यो भने त्यो महापाप हुनेछ। यहि कुरा मनमा राखेर म जनताको बीचमा गइरहेको छु। र जनताबाट पाइरहेको आशीर्वादले मेरो मनोबल बढ्दै गएको छ। उर्जा थपिदै गएको छ। बाँकी कुरा त मेरो इमान्दारिता र मेहनतको मुल्याङ्कन फागुन २१ मा जनता जनार्दनले अवश्य गर्नु नै हुनेछ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.