रौतहटमा सौहार्दपूर्ण वातावरण बनाउन सर्वपक्षीय बैठकको अपील

रौतहटमा सौहार्दपूर्ण वातावरण बनाउन सर्वपक्षीय बैठकको अपील

रौतहट : बिहीबार विवाहमा गएका हिन्दू समुदायको जन्ती र मस्जिदमा नवाज पढ्दै गरेका मुस्लिम समुदायबीचको विवादमा समाधानका लागि सर्वपक्षीय बैठक बसेको छ। गौर नगरपालिका–६ सपगडा टोलमा विवाहको बाजा बजाउँदै गइरहेका जन्तीमाथि फरक समुदायले अवरोध खडा गरेपछि भएको विवादले उग्र रूप लिँदा रौतहट २ दिनबाट अशान्त बन्न पुगेको छ। ढुंगामुढा र आगजनी बढेपछि रौतहट प्रशासनले शनिबार कर्फ्यू आदेश जारी भएको थियो।

शुक्रबार बिहानदेखि भएको झडप नियन्त्रणमा लिएर प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको नेतृत्वमा बेलुकी ४ बजे दुवै समुदायका अगुवाहरूले जिल्ला प्रशासन कार्यालय रौतहटमा छलफल गरेर ६ बुँदे सहमति गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी भुसालले ६ बुँदे सहमति गरेको बताए पनि शनिबार बिहानदेखि विवाद सुरु भई झडप र आगजनी सुरु भएको थियो। झडप हुँदा ६ जना घाइते भएका छन्। प्रहरीतर्फ पनि दुई जना घाइते भएका छन् । 

आज पुन:  सर्वपक्षिय बैठकबाट निर्णय भएअनुसार सबै मिलेर सोहार्दपूर्ण वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ। द्वन्दले हुने क्षति हुने विषयलाई मनन गर्दै समाजमा शान्ति कायम गर्न सम्पूर्ण जिल्लावासीको कर्तव्य भएको विषयलाई गम्भीरतापूर्वक लिन बैठकपश्चात अपिल गरिएको छ।

रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले अहिले अवस्था सामान्य हुँदै गएको बताए। अपराधमा संलग्न दोषीमाथि आवश्यक कारबाहीका लागि अनुसन्धान जारी रहेको उल्लेख गरे।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.