हट्यो गौरको कर्फ्यु,निस्कियो सद्भाव र्याली
रौतहट : रौतहटको गौरमा लगाइएको कर्फ्यू हटेको छ । नागरिक समाजको अगुवाइमा गौर-६ सबगढामा शान्ति सद्भाव र्याली निकालेर एकताको सन्देश दिँदै कर्फ्यू हटाएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

सबगढाको मुख्य सडकबाट सुरु भएको र्यालीले प्रभावित गाउँ परिक्रमा गर्दै गाउँमा शान्ति कायम राख्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तथा प्रशासनसहितको र्याली निकालिएको हो । दुई समुदायबीचको विवाद चर्किएपछि स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु जारी गरिएको थियो। आज ६ बजे बिहानबाट कर्फ्यु हटेको छ।
प्रतिक्रिया दिनुहोस !