धादिङ बस दुर्घटना अपडेट : उपचारका क्रममा थप एकको मृत्यु, मृतक संख्या १८ पुग्यो

धादिङ बस दुर्घटना अपडेट : उपचारका क्रममा थप एकको मृत्यु, मृतक संख्या १८ पुग्यो
सुन्नुहोस्

धादिङ : धादिङमा बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार ट्रमा सेन्टरमा उपचाररत स्याङ्जा घर भएका एक जनाको मृत्यु भएको हो।

गएराति करिब १ बजे पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडास्थित सडकखण्डबाट तल खस्दै त्रिशूली नदी किनारमा पुगेको थियो। दुर्घटनालगत्तै घटनास्थलमै १७ जनाको मृत्यु भएको थियो। बसमा सवार ४४ जनामध्ये २७ जनालाई उपचारका लागि काठमाडौंसहित विभिन्न अस्पतालमा पठाइएको थियो भने अचेत अवस्थाका घाइतेलाई मलेखु र जिल्ला अस्पतालतर्फ पठाइएको थियो।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय र्‍याफ्टिङ व्यवसायीको सक्रियतामा संयुक्त उद्धार भएको थियो। दुर्घटनास्थलबाट डुंगाको सहायताले यात्रुहरूलाई करिब एक किलोमिटर तलसम्म झारेर त्यहाँबाट उकालो चढाउँदै सडकसम्म ल्याइएको थियो। त्यसपछि एम्बुलेन्समार्फत विभिन्न अस्पतालमा पठाइएको हो।

उपचारका क्रममा थप एक जनाको मृत्यु भएसँगै यस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.