बंगलादेशमा चुनाव लगतै हसिनाले किन खोल्दैछिन् बन्द पार्टी कार्यालयहरु ?
बंगलादेश : बंगलादेशमा हालैको निर्वाचनपछि बंगलादेश अवामी लिगका नेताहरू र कार्यकर्ताहरूले देशका विभिन्न ठाउँमा पार्टी कार्यालयहरू खोल्न वा ताला फोडेर भित्र पस्न थालेका छन् । यसले किन यस्तो भइरहेको हो भन्ने प्रश्न उठाएको छ ।
अगस्ट २०२४ मा सत्ता गुमाएपछि मुहम्मद युनुश नेतृत्वको अन्तरिम सरकारले अवामी लिगको राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको थियो । त्यसैले पार्टीले हालको चुनावमा भाग लिन पाएको थिएन । तर चुनाव सकिए लगत्तै ढाका लगायत विभिन्न ठाउँमा पार्टीका कार्यकर्ताहरूले कार्यालय खोल्ने प्रयास गरे । केही ठाउँमा कार्यालय खुलेपछि झडप र आक्रमणका घटना पनि भएका छन् ।
किन कार्यालय खोलिँदै छन् ?
–पार्टी कार्यालयमा प्रत्यक्ष प्रतिबन्ध लगाइएको छैन ।
‘ कार्यालय जफत पनि गरिएको छैन ।
–त्यसैले कार्यकर्ताहरू त्यहाँ जानु स्वाभाविक हो ।
उनको भनाइमा, यो कुनै औपचारिक निर्देशन वा सम्झौताको आधारमा होइन, बरु कार्यकर्ताहरूको स्वाभाविक राजनीतिक अधिकारको प्रयोग हो । कार्यकर्ताहरू आशावादी छन् कि अन्तरिम सरकारपछि देशमा सामान्य राजनीतिक अवस्था फर्किने छ । पार्टी स्रोतका अनुसार, पार्टी प्रमुख शेख हसिनाले पनि विभिन्न माध्यमबाट कार्यकर्ताहरूलाई सम्भव भएसम्म पार्टी कार्यालय जान सुझाव दिएकी थिइन्।
घटनाहरू
निर्वाचनको भोलिपल्ट पंचगढमा अवामी लिगको एक कार्यालय स्थानीय बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) नेताको उपस्थितिमा खोलिएको भिडियो सार्वजनिक भएको थियो । देशका अन्य ठाउँहरू-बरगुना, ठाकुरगाउँ, सतखिरा, खुलना, नारायणगंज आदिमा पनि बन्द कार्यालयहरू खोलिएको खबर छ । कतिपय स्थानमा विपक्षी कार्यकर्ताले पुनः आक्रमण गरी कार्यालय बन्द गराएका घटनाहरू पनि भएका छन् ।
पहिले, शेख मुजिबुर रहमानको ऐतिहासिक निवास ‘धनमण्डी ३२’ मा पनि आक्रमण भएको थियो । विश्लेषक जुबैदा नसरीनका अनुसार : नयाँ निर्वाचित सरकार आएपछि राजनीतिक स्थिरता आवश्यक छ । अवामी लिगका धेरै समर्थक अझै देशमै छन्, केही जेलमा पनि छन् । राजनीतिक स्थिरताका लागि पार्टीलाई सामान्य गतिविधि गर्न दिनु सकारात्मक हुन सक्छ ।
ढाका विश्वविद्यालयका शिक्षक मोहम्मद मुजिबउर रहमानका अनुसार कार्यालय खोलिनु भनेको अवामी लिगको राजनीतिक गतिविधि पुनः सुरु हुने संकेत हुन सक्छ । प्रतिबन्ध सधैंका लागि नहुन सक्छ । अवामी लिगले अन्तरिम सरकार स्वीकार नगरे पनि निर्वाचित सरकारलाई अस्वीकार गरेको छैन ।
प्रतिक्रिया दिनुहोस !