धादिङ बस दुर्घटना : २५ घाइतेको काठमाडौंका अस्पतालमा उपचार हुँदै

धादिङ बस दुर्घटना : २५ घाइतेको काठमाडौंका अस्पतालमा उपचार हुँदै

धादिङ : धादिङमा आइतबार राति भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ भने २५ जना घाइतेलाई काठमाडौं ल्याएर उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या बढेको हो ।

पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको पृथ्वी यातायात व्यवसायी समितिको बस आइतबार राति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा नजिक त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनामा १७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि घाइते २५ जनालाई उद्धार गरी काठमाडौंका विभिन्न अस्पतालमा ल्याइएको छ । तीमध्ये १५ जनालाई ट्रमा सेन्टर र १० जनालाई कलंकीस्थित नेशनल अस्पतालमा भर्ना गरिएको छ । ट्रमा सेन्टरमा उपचारका क्रममा करिब ३२ वर्षीय एक अज्ञात पुरुषको मृत्यु भएको छ । त्यहाँ हाल १४ जना घाइते उपचाररत छन् । 

उपचार भइरहेकामध्ये २२ वर्षीया चिनियाँ नागरिक मिसि हाउ, काठमाडौं बौद्धकी ४८ वर्षीया ऐन्जि शेर्पा, तनहुँ–म्याग्दीका ४५ वर्षीय सोमप्रसाद मल्ल, झापाका ३० वर्षीय बिपिन मानन्धर, गोकर्णकी २८ वर्षीया पूजा फुयाल, स्याङ्जा फेदिखोलाका २६ वर्षीय सचिन्द्र सुनार, कास्की लेखनाथका प्रदीप लामिछाने, बौद्धका नोर्बु पाल्देन, कपनकी शोर्णिमा खत्री, कास्कीकी १९ वर्षीया सलिना परियार, तनहुँ–म्याग्दी गाउँपालिकाका ४४ वर्षीय मानबहादुर थापा, बौद्ध बस्ने ४८ वर्षीया लंसाङ्गोले लामा, तनहुँ शुक्लागण्डकी–१२ की १९ वर्षीया सदिक्षा हमाल र झापाका ४० वर्षीय कृतिराज मानन्धर रहेका छन् ।

यस्तै, नेशनल अस्पतालमा उपचाररत घाइतेहरूमा सितापाइलाका ३३ वर्षीय राजेश कुँवर, तनहुँ भक्ते गाउँपालिका–४ का १८ वर्षीय सुबिन मल्ल, कास्की लेखनाथकी ३५ वर्षीया प्रतिभा पौडेल, देविनगरका २३ वर्षीय चन्द्र आशीष फुँयाल, बालाजुका १९ वर्षीय संगम मल्ल, कास्की चिसुवाकी ३९ वर्षीया प्रमिला भट्टराई, स्याङ्जा फेदिखोला–४ का ६४ वर्षीय डम्मरबहादुर बिक, कलंकीका २५ वर्षीय कृष्ण तिवारी, कास्की–३२ का २० वर्षीय सुनम गुरुङ र धादिङ धुनिबेशीका ३६ वर्षीय राजेन्द्र बिसुन्के रहेका छन् ।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ । रातिको समय, सडकको अवस्था तथा सम्भावित तीव्र गति जस्ता पक्षहरूलाई समेत ध्यानमा राखेर छानबिन अघि बढाइएको जनाइएको छ । दुर्घटनापछि स्थानीय बासिन्दा, प्रहरी र सुरक्षाकर्मीको सक्रियतामा उद्धार कार्य सम्पन्न गरिएको थियो । घटनाले देशलाई शोकाकुल बनाएको छ भने पीडित परिवारमा गहिरो पीडा थपिएको छ।

null
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.