मधेसको मुद्दामा बालेनको कुनै धारणा छैन : उपेन्द्र यादव

मधेसको मुद्दामा बालेनको कुनै धारणा छैन : उपेन्द्र यादव
सुन्नुहोस्

भैरहवा : जनता समाजवादी पार्टीका नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को कुनै स्पष्ट धारणा नरहेको आरोप लगाएका छन्।

मधेसको भोट बटुल्ने रणनीति अनुसार प्रधानमन्त्री बनाउने भन्दै रास्वपाले बालेनलाई पार्टीमा भित्र्याएपछि भएको चुनावी चर्चाप्रति टिप्पणी गर्दै उनले सामाजिक सञ्जालमा चर्चा  भएपनि यथार्थ अवस्था त्यस्तो नदेखिएको बताए।

सोमबार रुपन्देहीको मर्चवारमा चुनावी सभालाई सम्बोधन गर्न आएका यादवले पार्टीद्वारा भैरहवामा आयोजित पत्रकार सम्मेलनमा उनले प्रश्न गर्दै भने, 'उहाँले (बालेन) मधेसी जनताको अधिकारको लडाइँ हुँदा खेरी कहाँ हुनुहुन्थ्यो? मधेसको मुद्दामा उहाँको कुनै धारणा छैन। राष्ट्रिय राजनीतिमा कुनै धारणा सुनिँदैन, वैचारिक के हो स्पष्ट थाहा छैन, दर्शन के हो थाहा छैन, मुद्दा के हो थाहा छैन।’

उनले मधेस, आदिवासी, जनजातिलगायतका मुद्दा तथा राष्ट्रिय समस्याहरू जसपा नेपालले उठाउँदै आएकाले मधेसका जनताले उक्त विषय राम्रोसँग बुझेको दाबी गरे।

उनले राजनीतिक अस्थिरताको मूल कारण शासकीय स्वरुप पनि रहेको उल्लेख गर्दै मुलुक ठूलो खतरामा परेको बताए। संघीयता, गणतन्त्र, राष्ट्रिय मुद्दाको पक्षधरसँग मात्रै गठबन्धन गर्न सकिने उनले स्पष्ट पारे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.